आर्थिक विकास समितिबाट कामको समीक्षा
क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगर अन्तर्गत आर्थिक विकास समितिले आफ्नो मातहतका विषयगत शाखामार्फत हालसम्म सम्पन्न भएका योजनाहरुको कार्यप्रगति समीक्षा सम्पन्न गरेको छ । समितिका संयोजक यामप्रसाद गुरागाईंको अध्यक्षतामा बसेको आजको बैठकमा कृषि विकास शाखाको शाखा प्रमुख सावित्रा कार्कीबाट, पशुपंक्षी शाखाको शाखा प्रमुख हेमचन्द्र दहालबाट र सहकारी शाखाको


