भूपू सैनिक स्कुलको २२ औं वार्षिकोत्सवमा विविध कार्यक्रम

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरेमा स्थापित भूपू सैनिक अंग्रेजी स्कुलले मन्टेस्वरी भवन उद्घाटन, समाजमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान र पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम गरी २२ औं वार्षिककोत्सव भव्य रुपमा मनाएको छ । भूपू सैनिक अंग्रेजी स्कुल नगरकै एक मात्र सार्वजनिक गुठी संस्थानको रुपमा चल्दै आएको विद्यालय हो । सोमबार

कलाकार दिपकराज गिरी भन्छन् ‘गाँजालाई प्रतिबन्ध लगाउनु हुदैन’

क्रेजी साप्ताहिक । कलाकार दिपकराज गिरि गाँजालाई प्रतिबन्ध नलगाउनका लागि संसदमा आज प्रस्तुत भएको बिधेयकको पक्षमा देखिएकाछन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो बिचार ब्यक्त गरेका हुन् । विश्वका अन्य देशमा गाँजाबाट धेरै फाइदा उठाएको भन्दै उनले उनले आफ्नो फेसबुकमा लेखेका छन् । ‘गाँजालाइ प्रतिबन्ध नलगाउन भनेर आज संसदमा बिधयक

दादुरा रुबेला खोप तथा पोलीयो थोपा खुवाउने अभियान सम्पन्न

क्रेजी साप्ताहिक । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका बालबालिकाहरुलाई दादुरा रुबेलाको खोप लगाउने र पोलियो थोपा खुवाउने १ साताको कार्यक्रम आज सम्पन्न भएको छ । जसमा, ९ महिनादेखि ५ वर्षसम्मका ५ हजार ८ सय ३९ बालबालिकाले दादुरा रुबेलाको खोप लगाएका छन् । एकैसाथ जारी अभियानमा जन्मेदेखि ५ वर्षसम्मका ६ हजार

प्रचण्डमाथि जुत्ता प्रहार

क्रेजी साप्ताहिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ ।काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार भएको हो । भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले आज आयोजना गरेको प्रथम स्मृति सभाको कार्यक्रम सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार भए पनि उनलाई नलागेको बताइएको

अटो दुर्घटनामा घाइते हुनेको उपचारको क्रममा मृत्यु

क्रेजी साप्ताहिक वीरगञ्ज । वीरगञ्जमा अटोको ठक्करबाट घाइते एक व्यक्तिको मृत्यु भएको छ । ठक्करबाट वीरगञ्ज–१६ नगवा बस्ने अन्दाजी ४५ वर्षीय मनोजकुमार चौरसियाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साले जनाएअनुसार वीरगञ्ज पानीट्याङ्की स्थित न्युरो अस्पतालमा उपचारको क्रममा आइतबार उनको मृत्यु भएको हो । गत फागुन १४ गते बेलुका

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुने

क्रेजी साप्ताहिक । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली सोमबार अस्पताल भर्ना हुने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको आज बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार प्रत्यारोपण लगायत आफ्नो स्वास्थ्योपचार योजनाबारे बताएको प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारलाई जानकारी दिए ।

महिलामाथि लाठीचार्ज प्रकरण : इञ्चार्जबाट हटाइए इन्स्पेक्टर पौडेल

क्रेजी साप्ताहिक काठमाडौं । भिड नियन्त्रण गर्ने क्रममा बच्चा बोकेकी महिलालाई लाठी हानेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवीप्रसाद पौडेललाई जिम्मेवारीबाट हटाइएको छ । महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको नेतृत्वबाट पौडेललाई हटाएर नयाँ इन्स्पेक्टर पठाइएको हो । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राईले पौडेललाई जावलाखेलमा

मोरङमा लागुऔषध ब्राउन सुगर सहित दुइ जना पक्राउ

क्रेजी साप्ताहिक मोरङ । नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित मोरङको सुन्दरहरैचा नगरपालिका ९ बाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय रेखा कुमारी मगरको घरमा लागुऔषध ब्राउन सुगर रहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले १९ बर्षीया रेखा कुमारी मगर सहित स्थानीय २७ बर्षीय

बास्कोटालाई कारबाहीको माग्दै नेविसंघले ग¥यो प्रदर्शन

क्रेजी साप्ताहिक काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसनमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारबाही लगायतका माग राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ । आज विहान नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले क्याम्पस अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरे । सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको र

महोत्तरीमा गोली चल्यो

क्रेजी साप्ताहिक काठमाडौं । महोत्तरीको मनरासिसवामा गोली चलेको छ । मनरासिसवा नगरपालिका–३, का स्थानीय सहदेवप्रसाद यादवमाथि आइतबार बिहान २ बजे गोली प्रहार भएको हो । गोली लागेर यादव घाइते भएका छन् । महोत्तरीका डीएसपी माधव बुढाथोकीले घटनाको पुष्टि गर्दै यादवको छातीमुनि गोली लागेको जानकारी दिए ।घाइते यादवलाई उद्धार गरेर जानकी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.