इङ्ल्यान्डको एकदिवसीय क्रिकेटमा कीर्तिमानी योगफल

एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा इङ्ल्यान्डले कीर्तिमानी योगफल बनाएको छ । इङ्ल्यान्डले नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय ५० ओभरमा ४ विकेट गुमाएर ४९८ रनको योगफल बनाउँदै कीर्तिमान बनाएको हो । यसअघि इङ्ल्यान्डले नै सन् २०१८ मा अष्ट्रेलियाविरुद्ध ६ विकेट गुमाएर ४८१ रनको कीर्तिमान बनाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डका लागि

नेपालद्वारा भुटानलाई ९५ रनको लक्ष्य

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले भुटानलाई ९५ रनको लक्ष्य दिएको छ । मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धातिर २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनायो । नेपालका लागि काजोल श्रेष्ठले सर्वाधिक २६ रनको योगदान गरिन् । त्स्तै  कप्तान रुविना क्षेत्रीले २१ रन बनाउँदा इन्दु

दोस्रो एकदिवसीय क्रिकेटमा श्रीलंकाले अष्ट्रेलियालाई हरायो

दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेलमा घरेलु टोली श्रीलंकाले अष्ट्रेलियालाई डिएल मेथोड पद्धतिको आधारमा २६ रनले हराएको छ । बिहीबार राति श्रीलंकामा भएको खेलसँगै पाँच श्रृंखलाको खेल १–१ को अवस्थामा आइपुगेको छ । पहिलो खेल अष्ट्रेलियाले दुई विकेटले आफ्नो पक्षमा पारेको थियो । श्रीलंकाले दिएको २२१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ३७ ओभर

नेपालले क्यानडासँग टी–ट्वान्टी र एक दिवसीय क्रिकेट खेल्ने

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले क्यानडासँग एकदिवसीय र टी–ट्वान्टी क्रिकेट खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार नेपालले क्यानडासँग खेल्ने पक्का भएको बताएको छ । नेपालले क्यानडासँग दुई खेलको टी–ट्वान्टी र दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ । नेपालले क्यानडासँग सुरुआतमा टी–ट्वान्टी सिरिज खेल्नेछ । पहिलो टी–ट्वान्टी असार

बलियो नेपाल यू–१५ : मदेश प्रदेश र लुम्बिनी प्रदेशको जित

बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा जारी बलियो नेपाल यू १५ क्रिकेट प्रतियोगिताको दोस्रो दिन बलियो लुम्बिनी प्रदेश र बलियो मधेश प्रदेश विजयी भएका छन्। मुलपानी मैदानमा जारी प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा बलियो लुम्बिनी प्रदेशले बलियो गण्डकी प्रदेशलाई ३५ रनले पराजित गर्यो। टस हारेर ब्याटिङको

प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक

प्रिमियर लिग फुटबलको नयाँ सिजन २०२२÷२३ को खेल तालिका सार्वजनिक भएको छ । प्रिमियर लिगले बिहीबार खेल तालिका सार्वजनिक गरेको हो । लिगको नयाँ सिजन अगस्ट ५ बाट सुरु हुनेछ । सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसको सामना गर्नेछ । प्रिमियर लिगको गत सिजनको उपाधि म्यानचेस्टर सिटीले जितेको थियो ।

स्वदेश फर्कियो राष्ट्रिय फुटबल टोली

एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलहरु सकाएर नेपाली टोली स्वदेश फर्किएको छ । छनोटबाट बाहिरिएको नेपाली टोली बिहीबार स्वदेश फर्किएको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका थिए । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने कुवेतमा नै बसेका छन् । उनले केही समयको

कतार विश्वकपको आधिकारिक पोस्टर सार्वजनिक

कतारमा आगामी नोभेम्बर २१ देखि सुरु हुने फिफा विश्वकप फुटबलको आधिकारिक पोस्टर सार्वजनिक भएको छ । फिफाले बुधबार कतारको दोहामा विश्वकपको पोस्टर सार्वजनिक गरेको हो । हमाद अन्तराष्ट्रिय विमानस्थलमा एक कार्यक्रमका बीच बुथायना अल मुफ्ताहले पोस्टर सार्वजनिक गरेकी हुन् । मुफ्ताहले नै यो पोस्टर डिजाइन गरेकी हुन् । कतार विश्वकपको

आईसीसी विश्वकप लिग टु : नेपाल अमेरिकासँग पराजित

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । आज बिहान सकिएको खेलमा नेपाललाई अमेरिकाले ३९ रनले हराएको हो । अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै २ सय

अमेरिकाविरुद्ध फिल्डिङमा नेपाल

नेपालले आइसिसी विश्वकप लिग टू त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्ग अमेरिका सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपालले अमेरिकाविरुद्ध पहिलो बलिङ गर्ने भएको छ । मुसा क्रिकेट स्टेडियममा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । अमेरिकाले केही बेरमा नेपालविरुद्ध ब्याटिङ थाल्नेछ । नेपालले आजको खेलमा टोलीमा कुनै
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.