बेन्जेमाले सम्झौता नवीकरण गर्ने

स्पेनिस महारथी क्लब रियल मड्रिडका स्टार फरवार्ड करिम बेन्जेमाले सम्झौता नवीकरण गर्ने भएका छन् । उत्कृष्ट लयमा रहदै यूइएफए च्याम्पियन्स लिगको उपाधि जिताएका बेन्जेमाले रियलसँग २०२४ सम्मका लागि सम्झौता गर्ने जनाइएको छ । फ्रेन्च फरवार्ड बेन्जेमाको रियलसँगको सम्झौता २०२३ सम्म छ। ३४ वर्षीय बेन्जेमा सन् २००९ मा लियोनबाट रियल भित्रिएका

नेपालको लगातार दोस्रो जित

मलेसियामा जारी एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपमा नेपालले कुवेतमाथि जित निकालेको छ । शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । किनरारा ओभलमा नेपालले दिएको १०८ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८२ रन बनाउन सक्यो । कुवेतका लागि प्रियादा मुरालीले ३१

नेपालले कुवेतलाई दियो १०८ रनको लक्ष्य

मलेसियामा जारी एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपमा नेपाललेकुवेतलाई १०८ रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियामा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रन बनायो । नेपालका लागि कप्तान रुबिना छेत्रीले सर्वाधिक ३४ रनको योगदान गरिन् । त्यस्तै इन्दु बर्माले २८ रन बनाउँदा ज्योती पाण्डेले

विराट र बाबर एकै टोलीमा !

भारत र पाकिस्तानका स्टार खेलाडी विराट कोहली र बाबर आजम २०२३ मा सँगै खेल्दै गरेको देख्न सकिने भएको छ । सन् २०२३ को आईपीएलपछि अफ्रिका र एसिया–११ बीच सिरिज खेलिनेछ जसमा दुई खेलाडीलाई एकै टोलीमा देख्न सकिनेछ । श्रीलंका र बंगलादेशका खेलाडीहरू पनि एशिया–११ बाट खेलेको देख्न सकिन्छ। भारत र

बंगलादेशका ब्याट्सम्यानको खराब प्रदर्शन, बन्यो कीर्तिमान

बंगलादेशले टेस्ट क्रिकेटमा नचाहेको कीर्तिमान बनाएको छ । वेस्ट इन्डिजविरुद्धको पहिलो टेष्टको पहिलो दिन नै उनका ६ ब्याट्सम्यान पहिलो इनिङ्समा शून्य रनमा शिकार भएका छन् । पछिल्लो एक महिनामा बंगलादेशका ब्याट्समानले यस्तो खराब प्रदर्श गरेको यो दोस्रो पटक हो। यसअघि मे २४ मा मिरपुर टेस्टमा श्रीलंकाका बलरहरूले बंगलादेशका ६ ब्याट्सम्यानलाई

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप : नेपालले आज कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । मलेसियाको किनरारा मैदानमा नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार १२ः४५ बजे सुरु हुनेछ । शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजा विहीन बनेको थियो । कुवेतविरुद्धको यस

नुनेज भित्रिएसँगै माने बायर्न जाने

बायर्न म्युनिखले लिभरपुलका फरवार्ड साडियो मानेलाई अनुबन्ध गर्ने भएको छ । लिभुरपुल मानेलाई ४.१ करोड युरोमा जर्मन च्याम्यिनलाई बेच्न सहमत भएको हो । बीबीसीका अनुसार लिभरपुलले मानेका लागि एकमुस्ट रूपमा ३.२ करोड युरो प्राप्त गर्नेछ भने खेल खेलेअनुसार थप ६० लाख युरो र थप ३० लाख युरो व्यक्तिगत र टोलीको

सट्टेबाजीसम्बन्धी कुनै सम्झौता भएको छैन : एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले हाल विभिन्न सञ्चारमाध्यमहरुमा आइरहेको फुटबल खेलमा सट्टेबाजीसम्बन्धी सम्झौताको आरोप झुटो भएको बताएको छ । एन्फाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता समाचार आधारहिन आरोपमात्रै भएको भन्दै त्यसको खण्डन गरेको छ । ‘हामी त्यस्ता आधारहिन आरोपहरूको दृढतापूर्वक खण्डन गर्दछौं र पुष्टि गर्दछौं कि एन्फा कुनै

इङ्ल्यान्डको एकदिवसीय क्रिकेटमा कीर्तिमानी योगफल

एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा इङ्ल्यान्डले कीर्तिमानी योगफल बनाएको छ । इङ्ल्यान्डले नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय ५० ओभरमा ४ विकेट गुमाएर ४९८ रनको योगफल बनाउँदै कीर्तिमान बनाएको हो । यसअघि इङ्ल्यान्डले नै सन् २०१८ मा अष्ट्रेलियाविरुद्ध ६ विकेट गुमाएर ४८१ रनको कीर्तिमान बनाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डका लागि

नेपालद्वारा भुटानलाई ९५ रनको लक्ष्य

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले भुटानलाई ९५ रनको लक्ष्य दिएको छ । मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धातिर २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनायो । नेपालका लागि काजोल श्रेष्ठले सर्वाधिक २६ रनको योगदान गरिन् । त्स्तै  कप्तान रुविना क्षेत्रीले २१ रन बनाउँदा इन्दु
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.