केराबारीलाई स्तब्ध पार्दै आयोजक कानेपोखरी सेमिफाइनल प्रवेश
क्रेजी संवाददाता कानेपोखरी । आयोजक कानेपोखरी गाउँपालिकाले केराबारी गाउँपालिकालाई टाइब्रेकरमा स्तब्ध पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार जहदामा भएको अन्तरपालिका स्तरीय प्रथम अध्यक्ष फुटबल कपको तेस्रो खेलमा कानेपोखरी विजयी भएको हो । प्रतियोगितामा केराबारी गाउँपालिकालाई टाइब्रेकरमा ५ का विरुद्ध ६ गोल गर्दै कानेपोखरीले सेमिफाइनलको यात्रा तय गरहेको हो ।


