तस्वीरमा हेर्नुहोस् पीएनजीविरुद्ध नेपालको जित

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक श्रृङ्खलामा नेपालले विजयी सुरुवात गरेको छ । श्रृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई २ विकेटले हरायो । जितका लागि पाएको २०५ रनको लक्ष्य नेपालले खेल सकिन ४ बल बाँकी छँदा भेट्टायो । नेपाल र पीएनजीबीचको खेलको तस्वीर हेर्नुहोस्

नेपाली ह्वीलचेयर क्रिकेट टोलीले बंगलादेशमा खेल्ने

नेपाली पुरुष ह्वीलचेयर क्रिकेट टोलीले बंगलादेशमा हुने बंगबन्धु फोर नेसन्स फिजिकल्ली च्यालेन्ज टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । बंगलादेशको कक्स बजारमा यही चैत १३–१७ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहने नेपाल ह्वीलचेयर क्रिकेट संघका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जनाएका छन् । आरपी खरेलको कप्तानीमा खेलाडी

६ महिनापछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै नेपाल

नेपाली क्रिकेट टिमले गएको एक महिना ८ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्यो । तर निर्णायक खेलमा चुक्दा नेपाली टोली आठ वर्षपछि टी–२० विश्वकपमा छनोट हुन सकेन । नेपाललाई नै हराएर टी–२० विश्वकपको टिकट काटेको युएई्समेत सहभागी त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपालले बुधबार पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै छ । पीएनजीले

शेन वाटसन दिल्लीको सहायक प्रशिक्षक नियुक्त

इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि दिल्ली क्यापिटल्सले अष्ट्रेलियनका पूर्व अलराउण्डर शेन वाट्सनलाई सहायक प्रशिक्षक नियुक्त गरेको छ । दिल्लीले मंगलबार ४० वर्षीय वाट्सनलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो दिल्लीको कोचिङ स्टाफमा अष्ट्रेलियाको रिक्की पोन्टिङ मुख्य प्रशिक्षक छन् । यस्तै प्रविन आम्रे सहायक प्रशिक्षक, अजित अग्राकार सहायक प्रशिक्षक र

अस्ट्रेलियामा क्रिकेट कार्निभल हुने

द हिमालयन क्लबले अस्ट्रेलियाको मेलबर्नमा १९ मार्चदेखि २७ मार्च (५ देखि १३ चैत) सम्म क्रिकेट कार्निभल गर्ने भएको छ । प्रतियोगितामा द हिमालयन क्लब, एक्सपर्ट सागरमाथा ब्लुज, रोयल राइनोस क्रिकेट क्लब, मेभन क्रिकेट क्लब, फार वेस्टर्न हन्टर्स, गोर्खाली क्रिकेट क्लब, एभरेस्ट लायोन्स, गल्मी टाइगर्स गरी आठ टिम सहभागी हुनेछन् ।

डिफेन्डिङ च्याम्पियन टेन नवोदयलाई स्तब्ध पार्दै न्यू स्टार फाइनल प्रवेश

क्रेजी संवाददाता पथरी । डिफेन्डिङ च्याम्पियन टेन नवोदयलाई पराजित गर्दै न्यू स्टार एफ.सी. इन्ट्रा पथरी शनिश्चरे फुटबल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा टेन नवोदयलाई २–१ गोल अन्तरले पराजित गर्दै न्यू स्टारले फाइनलको यात्रा तय गरेको हो । टेन नवोदयका रोशन माझीले खेलको ४५

झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

क्रेजी संवाददाता झापा । त्रिभुवन आर्मी फुटबल क्लबले पाँचौं संस्करणको झापा गोल्डकप फुटबलको उपाधि आफ्नो पोल्टामा पारेको छ । झापाको बिर्तामोडमा अवस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनल खेलमा मा घरेलु टोली झापा–११ लाई २–१ गोल अन्तरले हराउँदै आर्मीले लगातार चौंथो पटक उपाधि जितेको हो । खेलको १८ औं मिनेटमा

‘प्रिमियर लिग’ : चार टिमले सेमिफाइनलको यात्रा तय गरे

क्रेजी संवाददाता पथरी शनिश्चरे, फागुन ३० । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ को सेमिफाइनलमा चार टिम प्रवेश गरेको छन । समूह 'ए' बाट टेन नवोदय र शिखर एफसी साथै समूह 'बि' बाट द रियल ब्रदर्श र न्यु स्टार एफसी समूहको विजेता र उपविजेता बन्दैँ सेमिफाइनलमा प्रवेश गरेका

प्रिमियर लिग : न्यु स्टार एफसी सेमिफाइनलमा प्रवेश

क्रेजी संवाददाता पथरी शनिश्चरे, फागुन २९ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को आज आइतबारको खेल  न्यु स्टार एफसीले जितेको छ । खेलमा सिरिजङ्गा एफसीलाई २-१ गोल अन्तरले हराउँदै न्यु स्टार एफसीले जित निकालेको हो । जितसँगै न्यु स्टार खेल तालिकामा ६ अंक जोड्दै सेमिफाइनलमा प्रवेश गरेको छ

मिलानलाई पाँच अंकको अग्रता

इम्पोलीबिरुद्ध १–० अन्तरको जितसँगै इटालियन सिरी ए फुटबलमा एसी मिलानले शीर्षस्थानमा पाँच अंकको अग्रता बनाएको छ । शनिबार राति घरेलु मैदान सान सिरोमा भएको खेलमा मिलानलाई जिताउन पिएरे कालुलुले खेलको १९औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै शीर्ष स्थानको मिलानले २९ खेलबाट ६३ अंक जोडेको छ । दुई खेल
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.