काठमाडौँ टिम च्याम्पियन
काठमाडौँले १३ औँ राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा सर्वाधिक १७ स्वर्ण जित्दै काठमाडौँ टिम च्याम्पियन बनेको हो । प्रदेश खेलकुद विकास परिषद्, बागमतीद्वारा आयोजित प्रतियोगितामा चितवन १० स्वर्णसाथ दोस्रो भयो । तेस्रो स्थानको मकवानपुरले ६ स्वर्ण हात पायो


