आर्सनल एस्टन भिल्लासँग पराजित

लण्डन क्लब आर्सनल एस्टन भिल्लासँग पराजित भएको छ । शनिबार भएको खेलमा एस्टल भिल्लाले आर्सनललाई १-० ले पराजित गरेको हो । खेल सुरु भएको ७४औं सेकेण्डमै ओली वाटकिन्सले गोल गर्दै एस्टन भिल्लाई अग्रता दिलाएका थिए । त्यसपछि कुनै गोल भएन र त्यही गोल निर्णायक बन्दा एस्टन भिल्लाले ३ अंक जोड्न

रोमालाई हराउँदै युभेन्ट्स तेस्रो स्थानमा

रोमालाई पराजित गर्दै साविक विजेता युभेन्ट्स इटालियन सिरी ए को तेस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले रोमालाई २-० ले पराजित गरेको हो । युभेन्ट्सको जितमा करिस्टियानो रोनाल्डोले एक गोल गरे भने एक गोल आत्मघाती उपहार पाएको थियो । घरेलु मैदानमा भएको खेलको १३औं मिनेटमा रोनाल्डोले गोल

भरानको दुई गोलमा रियल मड्रिडको पुनरागमन जित

डिफेण्डर राफेल भरानले दुई गोल गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा हुएस्कामाथि पुनरागमन जित हात पारेको छ । भरानले दोस्रो हाफमा दुई गोल गरेपछि रियलले हुएस्कालाई २-१ ले पराजित गरेको हो । पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलको ४८औं मिनेटमा जाभी गालानले गोल गर्दै घरेलु टोली हुएस्कालाई अग्रता दिलाएका थिए

आइपीएलको अक्सनमा नेपालका आठ खेलाडी

सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनका लागि नेपालका आठ क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ । आइपीएलका लागि नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरिएको नेपाल क्रिकेट सङ्घ ९क्यान० ले जनाएको छ ।

१० अंकको अग्रता बार्यनलाई

लिग लिडर बार्यन म्युनिखले जर्मन बुन्डेसलिगामा हेर्था बर्लिनलाई पराजित गर्दै १० अंकको अग्रता बनाएको छ । शुक्रबार राति भएको खेलमा बार्यनले हेर्था बर्लिनलाई १-० ले पराजित गरेको हो । बार्यनको जितमा किङ्गसले कोम्यानले निर्णायक गोल गरे । उनले खेलको २१औं मिनेटमा गरेको गोल बार्यनलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

एसी मिलानलाई पछि पार्दै ईन्टर शीर्ष स्थानमा

फियोरेन्टिनालाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा ईन्टरले फियोरेन्टिनालाई २-० ले पराजित गरेको हो । फियोरेन्टिनाको मैदानमा इन्टरलाई जिताउन निकोलो बरेला र इभान पेरिसिचले गोल गरे । खेलको ३१औं मिनेटमा बरेलाले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ५२औं

आजकै दिन जन्मिएका थिए नेमार र रोनाल्डो

विश्वचर्चित फुटबलर नेमार जुनियर र क्रिस्टियानो रोनाल्डोले आज कै दिन यस धर्तीमा पाइला टेकेका थिए । पोर्तुगलको एक गरिब परिवारमा रोनाल्डोको जन्म भएको थियो । साथै, आज कै दिन ब्राजिलको एक गरिब परिवारमा जन्मिएका थिए, नेमार । रोनाल्डो सन् १९८५ को फेब्रअरी ५ मा जन्मिएका थिए भने नेमार सन् १९९२

लण्डन डर्बीमा चेल्सीले टोटनहमलाई हरायो

प्रिमियर लिगअन्तर्गत लण्डन डर्बी खेलमा चेल्सीले टोटनहमलाई पराजित गरेको छ । जर्जिन्होले एकमात्र गोलको मद्दतमा चेल्सीले टोटनहमलाई १-० ले पराजित गरेको हो । जर्जिन्होले पहिलो हाफमा पेनाल्टीबाट गोल गरेका थिए । २४औं मिनेटमा टोटनहमका एरिक डायरले टिमो वेर्नरलाई फाल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो । जसमा जर्जिज्नहोले गोल गरेका हुन्

साउथह्याम्पटनो पोष्टमा म्यानचेष्टर युनाइटेडको ९ गोल

प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले साउथह्याम्पटनलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको छ । युनायटेडको घरेलु मैदानमा भएको खेलमा साउथह्याम्टनका दुई खेलाडीले रातो कार्ड पाएका थिए । युनाइटेडका लागि एन्टोनी मार्सियलले दुई गोल गर्दा ७ फरक खेलाडीले गोल गरे । साउथह्याम्पटनका एक खेलाडीले आत्मघाती गोल गरे

विक्रमको कतारमा सफल शल्यक्रिया

नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विक्रम लामाको खुट्टाको सफल शल्यक्रिया भएको छ । थ्री स्टार क्लबका कप्तान समेत रहेका लामाको कतारको दोहामा रहेको अस्पेटार अस्पतालमा सफल शल्यक्रिया भएको हो । थ्री स्टारले विक्रमको शल्यक्रिया सफल भएको सामाजिक सञ्जालमार्फत जनाएको छ । यस्तै राष्ट्रिय टिमका फिजियो आभिष्कार पुडासैनीले विक्रम शल्यक्रिया गर्न
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.