ज्ञानेन्द्र मल्लको बयानः यसरी आयो नेपाल टी–२० क्रिकेटमा फिक्सिङको अफर
नेपाल टी–२० क्रिकेट लिगमा भएको फिक्सिङ प्रकरणमा क्रिकेटर ज्ञानेन्द्र मल्लले आफ्नो बयान दिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरोसँग उनले आफू सो प्रतियोगिताका लागि काठमाडौँ नाईट्स टिमबाट खेलेको उल्लेख गरेका छन् । काठमाडौँ नाइट्सको सञ्चालक नविन कँडेलसँग भएको सम्झौताअनुसार आफू १५ लाख रुपैयाँमा अनुबन्ध गरिएको मल्लले बताएका छन् । यद्यपि दैनिक


