इङ्ग्ल्यान्डसँग भारत १ सय रनले पराजित

इङ्ग्ल्यान्डले दोस्रो एकदिवसीय खेलमा भारतलाई १ सय रनले पराजित गर्दै शृंखला बराबरी गरेको छ । अब, अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ । २४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो । भारतका रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान २९ रन बनाए । इङ्ग्ल्यान्डका

राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन

डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशले १२ औँ केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कास्य जित्दै ६ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्यो । दोस्रो भएको बागमती प्रदेशले १६ स्वर्ण,

डेम्बेलेले बार्सिलोनामा गरे सम्झौता नवीकरण

फ्रेन्च फरवार्ड ओसमाने डेम्बेलेले स्पेनिस क्लब बार्सिलोनासँगको सम्झौता नवीकरण गरेका छन् । बार्सिलोनाले बिहीबार फ्रेन्च फरवार्ड डेम्बेलेले सम्झौता नवीकरण गरेको जनाएको छ । बिहीबार नै डेम्बेलेले क्लबमा मेडिकल परीक्षण पनि गरेका छन् । खराब फम तथा धेरैपटक चोटका कारण मैदान बाहिर रहने गरेका डेम्बेलेको यो सिजन अन्य क्लबमा जाने चर्चा

वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि भारतीय टोली घोषणा, विराट टिममा परेनन्

वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ । १८ सदस्यीय टोलीमा विराट कोहली भने छैनन् । टिममा केएल राहुल र कुलदीप यादवले कमब्याक गरेका छन् । रोहित शर्माले कप्तानी गर्ने टोलीमा विराट कोहली र जस्प्रित बुम्राह टिममा छैनन् । पछिल्लो समय टिममा खराव लयमा रहेका कोहलीलाई बीसीसीआईले टिम

ओजिल इस्तानबुलमा अनुबन्ध

जर्मनीका पूर्व मिडफिल्डर मेस्टु ओजिल टर्किस क्लब इस्तानबुल बासाकसेहिरमा अनुबन्धित भएका छन् । बुधबार टर्किस क्लब फेनरबाचे छोडेका ओजिललाई अनुबन्ध गरेको इस्तानबुलले सामाजिक संजाल जनाएको छ । फेनरबाचेसँगको सम्झौता दुई वर्ष बाँकी रहदै इस्तानबुलमा अनुबन्ध भएका हुन् । ओजिलले फेनरबाचेका लागि कुल ३६ खेल खेलेका थिए । ३३ वर्षीय ओजिलले

वेस्ट इन्डिजविरुद्धको सिरिज बंगलादेशलाई

वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिज बंगलादेशले एक खेल अगाबै जितेको छ । बुधबार राति भएको तेस्रो एकदिवसीयमा घरेलु टोली वेस्ट इन्डिजलाई ९ विकेटले हराउँदै बंगलादेशले सिरिज आफ्नो बनाएको हो । प्रोभिडेन्स स्टेडियममा वेस्ट इन्डिजले दिएको १०९ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभर ४ बलमा १ विकेटको गुमाएर पूरा गर्यो । बंगलादेशका

स्ट्रर्लिङले छोडे म्यान्चेस्टर सिटी, चेल्सीमा अनुबन्धित

इङ्ग्ल्यान्डका विंगर रहिम स्ट्रर्लिङलाई इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले अनुबन्ध गरेको छ । चेल्सीले स्ट्रर्लिङलाई प्रिमियर लिग प्रतिद्वन्दी म्यान्चेस्टर सिटीबाट अनुबन्ध गरेको हो । चेल्सीसँग स्ट्रर्लिङले पाँच वर्षको सम्झौता गरेका छन् । २७ वर्षीय विंगरले सम्झौता एक वर्ष बाँकी रहदै सिटी छाड्ने भएका हुन् । स्ट्रर्लिङ २०१५ मा लिभरपुलबाट सिटी

स्कटल्यान्डले नेपाललाई दियो १४५ रनको लक्ष्य

आईसीसी पुरुष विश्वकप लिग टू को त्रिकोणात्मक सिरिजअन्तर्गत स्कटल्यान्डले नेपाललाई १४५ रनको लक्ष्य दिएको छ । टिटवुड ग्लासगोमा टस हरेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४२ आभेरमा ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १४४ रन बनायो । स्कटल्यान्डका लागि काभिन मिनले ६४ रनको अर्धशतकीय पारी खेले । ६९ बल खेलेका उनले

एनआरटीले थाइल्याण्डको क्लबलाई हरायो

नेपालको ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले तेस्रो मैत्रीपूर्णमा थाइल्याण्डको तेस्रो डिभिजनको क्लब थोनबुरीलाई २–१ गोल अन्तरले हराएको छ । थाइल्याण्ड भ्रमणमा रहेको एनआरटी यसअघिका दुई खेलमा पराजित भएको थियो । एनआरटीलाई जित दिलाउन मेसुके ओलुमोउ र दिपेश घलेले एक–एक गोल गरे । एनआरटीले यसअघि शीर्ष डिभिजनको क्लब चोनबुरी

स्कटल्यान्डविरुद्ध बलिङ गर्दै नेपाल

आईसीसी पुरुष विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजअन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ । टिटवुड ग्लासगोमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो । नेपालविरुद्ध स्कटल्यान्डले केही बेरमा ब्याटिङको थाल्नेछ । नेपाल आज स्कटल्यान्डलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्ने योजनामा छ । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.