नगर प्रहरीद्वारा सामग्रीहरु जफत

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १० मा अवस्थित पूर्व–पश्चिम राजमार्गमा अनाधिकृत रूपमा रकम असुली भइरहेको भन्ने सूचना प्राप्त भएपछि नगर प्रहरीद्वारा सो स्थानको टहरा भत्काउनुका साथै सामाग्रीहरु जफत गरेको छ । सो स्थानमा बसी युवाहरुको जमातले निजी सवारी साधनहरूबाट समेत बिल काटी रकम असुली गर्दै आएको

एमाले पथरी शनिश्चरे नगरद्वारा रक्तदान कार्यक्रम

क्रेजी समाचारदाता पथरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पथरी शनिश्चरे नगर कमिटीको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । आज आयोजना गरिएको रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको एमाले पथरी शनिश्चरे नगर अध्यक्ष रमेश दाहालले जानकारी दिनुभयो । सहिद रत्नकुमार बान्तवाको ७४ औं स्मृति दिवस एवं नेपाल कम्युनिष्ट पार्टी

ज्ञानकुञ्ज मन्टेश्वरीको दिक्षान्त समारोह तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–१ शिखर चौकमा अवस्थित ज्ञानकुञ्ज मण्टेस्वरी प्रि–स्कुलले भव्य रुपमा दिक्षान्त समारोह, वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । आज मन्टेश्वरीको प्राङ्गणमा भएको सो कार्यक्रममा नानीबाबुहरुद्वारा विविध साँस्कृतिक कार्यक्रमसँगै कक्षा १ बाट दिक्षित विद्यार्थीहरूलाई प्रमाण–पत्र वितरण गरिएको हो । कार्यक्रममा विद्यालयमा अध्ययनरत नानीबाबुहरूले

प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिताको उपाधि वडा नं. १ लाई

क्रेजी समाचारदाता पथरी । प्रथम वडाध्यक्ष वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक वडा नं. १ ले आफ्नो पोल्टामा पारेको छ । आज भएको फाइनलमा खेलमा वडा नं. १ ले वडा नं. ९ लाई शुन्यको विरुद्ध १ गोल गर्दै उपाधि माथि कब्जा जमाएको हो । खेलको १० औं मिनेटमा वडा

एमाले पथरी शनिश्चरे नगर कमिटीद्वारा रक्तदान कार्यक्रम हुने

क्रेजी संवाददाता पथरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पथरी शनिश्चरे नगर कमिटीले रक्तदान कार्यक्रम गर्नेभएको छ । सहिद रत्नकुमार बान्तवाको ७४ औं स्मृति दिवस एवं नेपाल कम्युनिष्ट पार्टी एमालेको दोस्रो नगर अधिवेशनको अवसरमा रक्तदान कार्यक्रम चैत २६ गर्ते अध्यक्ष रमेश दाहालले जानकारी दिनुभयो । रक्तदान कार्यक्रम पथरी शनिश्चरे वडा नं.

द पावर जिमले खेलाडीहरूलाई ग¥यो सम्मान

क्रेजी संवाददाता पथरी। मोरङको पथरीशनिश्चरे नगरपालिका–९ मा रहेको द पावर जिम तथा फिटनेस क्लबले मिस्टर कोशी प्रदेश शारीरिक सुगठन प्रतियोगिता २०८१ मा उत्कृष्ट प्रदर्शन गर्ने आफ्ना खेलाडीहरूलाई सम्मान गरेको छ । धरानमा चैत २३ र २४ गते सम्पन्न प्रतियोगितामा सहभागी खेलाडीहरूलाई क्लबले कदरपत्र प्रदान गर्दै सम्मान गरेको हो । प्रतियोगितामा

सहिद रत्नकुमार बान्तवा चौथो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता चैत २७ गतेदेखि हुने

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा सहिद रत्नकुमार बान्तवा चौथो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता र ५ औं मिस्टर काठमाडौं प्रकाश राई मेमोरियल फिडे ब्लिच रेटिङ चेस टुर्नामेन्ट–२०८१ हुनेभएको छ । आयोजक फ्रेन्डसिप चेस क्लब पथरी शनिश्चरे–१ ले आज पथरीमा अवस्थित सिनभिलेज पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गरी बुद्धिचाल

सिड्लिङ मन्टेश्वरीले मनायो ग्रेजुएशन सेरेमोनी कम किड्स डे

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ बुद्ध चौकमा अवस्थित सिड्लिङ मन्टेश्वरी स्कुलले ग्रेजुएशन सेरेमोनी कम किड्स डे धुमधामको साथ मनाएको छ । आज हरियाली सामुदायिक वनको सभाहलमा मन्टेश्वरीका नानिबाबुहरुको विविध प्रस्तुतिहरु सहित ग्रेजुएशन सेरेमोनी कम किड्स डे धुमधामका साथ मनाइएको हो । मन्टेश्वरीका अध्यक्ष तथा प्रिन्सिपल

सहिद रत्न मार्ग कालोपत्रे कार्य सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं २ को सहिद रत्न मार्गको नवज्योति टोलदेखि सेल्फी रोड दक्षिणको खडक खण्डमा कालोपत्रे गर्ने कार्य सुरुवात भएको छ । संघीय सरकारको जम्मा १ करोड र पथरी शनिश्चरे नगरपालिकाको गरी कूल १ करोड ६० लाखको बजेटबाट कालोपत्रे गर्ने कार्य सञ्चालन भएको

आँखा स्वास्थ्य सम्वन्धी अभिमुखीकरण

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा नगरका औषधि विक्रेताहरूलाई आँखा स्वास्थ्य सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विहिबार नेपाल नेत्र ज्योति संघको ४७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आँखा तथा कान उपचार प्रणाली विराटनगर आँखा अस्पतालको आयोजनामा भएको उक्त कार्यक्रम पथरी शनिश्चरे नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको थियो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.