


करिना र अक्षयको ‘गुड न्यूज’को सुखद कमाई
शुक्रबारदेखि विश्व बजारमा रिलिज भएको बलिउड चलचित्र ‘गुड न्यूज’ले बक्स अफिसमा सुखद कमाई गरिरहेको छ । चलचित्रको वर्ड अफ माउथ सुखद छ । साथमा, समिक्षकले पनि यो चलचित्रलाई उत्कृष्ट भनेका छन् । यसको प्रत्यक्ष फाइदा चलचित्रको बक्स अफिसमा परेको छ । यो चलचित्रले शुक्रबार १७.५६ करोडको कमाई गरेको थियो ।

न्यूयोर्कस्थित धर्मगुरुको घरमा अन्धाधुन्ध छुरी प्रहार
न्यूयोर्क स्टेटको सिनागग नजिकै रहेको एउटा घरभित्र अन्धाधुन्ध छुरी प्रहार हुँदा थुप्रै घाइते भएको बीबीसीले बताएको छ । न्यूयोर्क सिटीको उत्तरतर्फ मोन्सेस्थित यहुदीहरुका धर्मगुरुको घरभित्र हमला भएको अर्थोडक्स जिविस पब्लिक अफेयर्स काउन्सिलले बताएको छ । काउन्सिलका अनुसार कम्तीमा पाँचजनालाई अस्पताल पुर्याइएको छ । उक्त हमलाको कारण खुल्न सकेको छैन ।

‘आइसी डिजाइनर रनवे’का लागि मोडलहरु छनौट
काठमाडौं । ‘आइसी डिजाइनर रनवे’का लागि २० मोडल छानिएका छन् । दरबारमार्ग स्थित म्याग्नम् लाउन्जमा शनिबार भएको अडिसनबाट यी मोडल छानिएका हुन् । अडिसनबाट छानिएका मोडल यही चैत ८ गते होटल हायात रिजेन्सीमा आयोजना हुने ‘आइसी डिजाइनर रनवे’ नामक फेसन सोमा र्याम्पमा प्रस्तुत हुनेछन् । भारतीय चर्चित कोरियोग्राफर अभिमन्यु सिंह

आलोचित भए अमिताभ बच्चन
नागरिकता संशोधन बिलको विषयमा चुप बसेपछि आलोचित भएका अमिताभ बच्चन सोसल मिडियामा पुनः सक्रिय भएका छन् । भर्खरै अमिताभले नयाँ वर्षको विषयमा ट्वीट गरेका छन् । उक्त ट्वीटमा उनले लेखे, ‘नयाँ वर्ष आउन अझै केही दिन बाँकी छ, धेरै चिन्तित हुनुपर्ने कुरा छैन । मात्र १९–२० को फरक त हो

सलमानको जन्मदिनमा भेला भए उनका पूर्व प्रेमिकाहरु
एजेन्सी । बलिउड अभिनेता सलमान खानले शुक्रबार आफ्नो ५४ औं जन्मदिन मनाएका छन् । यो मौकामा उनका प्रशंसक र इन्डष्ट्रिका साथीहरुले उनलाई बधाई दिए । यस्तै उनका भाइ सोहेल खानले आफ्नो घरमा पार्टी राखे जसमा उनको परिवारसहित थुप्रै सेलिब्रिटी पुगे । उनको जन्मदिनको पार्टीमा उनकी दबंग को–स्टार सोनाक्षी सिन्हा पनि

आइएसद्वारा ११ इसाई बन्धकको शिरोच्छेदन गरी हत्या
चरमपन्थी इस्लामिक स्टेट (आइएस) समूहले आफ्नो नियन्त्रणमा रहेका ११ जना इसाई बन्धकको शिरोच्छेदन गरी मारिदिएको छ । नाइजेरियास्थित बोको हराम समूहको एक जत्थाले यी इसाईहरुको हत्या गरेको छ । नाइजेरियामा लामो समयदेखि आतंक मच्चाउँदै आएको बोको हराम अहिले आइएसको वेस्ट अफ्रिका प्रोभिन्स मातहत छ । नियन्त्रणमा रहेका इसाईहरुको हत्या गरेपछि

तालिबानी लडाकू विरुद्धको हवाई कारबाहीमा २१ लडाकू मारिए
[caption id="attachment_7411" align="aligncenter" width="800"] [/caption] अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा गत शुक्रबार राति तालिबानी लडाकूविरुद्ध भएका हवाई कारबाहीमा परी २१ लडाकू मारिएका अफगान गृह मन्त्रालयले पुष्टि गरेको छ । उक्त कारबाहीको क्रममा तालिबानी लडाकूका प्रान्तीय गभर्नर जैन अलाबिदिनसहित २१ लडाकू मारिएका गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यस कारबाहीमा परी

उपाधि चितवन राइनोजलाई
दोस्रो संस्करणको पोखरा प्रिमियर लिग पिपिएल क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ । पहिलो सिजनमा उपविजेतामा सीमित बनेको चितवनले यसपटक आफ्ना सबै खेलमा जित निकाल्दै उपाधि जित्यो । शनिबार भएको उपाधि भिडण्तमा चितवनले बिराटनगर टाइटन्सलाई ३२ रनले पराजित र्गयो। पोखरा क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित

विश्वकै कामुक शाकाहारी छिल्लर
पूर्व विश्व सुन्दरी मानुषी छिल्लरले विश्वको सबैभन्दा कामुक शाकाहारी व्यक्तिको उपाधि पाएकी छन्। पशु अधिकारका लागि काम गर्ने संस्था पिपुल फर एथिकल ट्रिटमेन्ट अफ एनीमल्स (पेटा)ले उनलाई सेक्सिएस्ट भेजिटेरियन पर्सनालिटीको उपाधि दिएको हो । एसराज फिल्म्सको सबैभन्दा ठूलो र ऐतिहासिक फिल्म पृथ्वीराजमा बलिउड अभिनेता अक्षय कुमारसँग डेब्यु गर्न लागेकी मानुसी