काठमाडौंमा पहिलो महिला फिल्म फेस्टिभल सकियो, १५ फिल्म प्रदर्शन
किपालय प्रोडक्सनले प्लान इन्टरनेसनलको गल्र्स गेट इक्वल अभियानसँग मिलेर गत शुक्रबार एक दिने महिला केन्द्रित फिल्म फेस्टिभलको आयोजना ग¥यो । ‘वुमन मेक फिल्म फेस्ट’ शीर्षकमा ओस्कार इन्टरनेसनल कलेजमा सम्पन्न फेस्टिभलमा महिला निर्देशकले निर्माण तथा निर्देशन गरेका फिल्म देखाइएको थियो । फेस्टिभलमा सर्ट तथा डकुमेन्ट्री विधामा निर्माण भएका १५ वटा फिल्म


