राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा राजेन्द्र बजगाई
राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा सङ्गीतकार राजेन्द्र बजगाई निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न प्रतिष्ठानको पहिलो साधारण सभाबाट बजगाई निर्विरोध निर्वाचित भएका हुन् । दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा अध्यक्ष सहित सम्पूर्ण पदमा निर्विरोध भएको थियो । जस अन्तर्गत उपाध्यक्षमा मोडल उषा उप्रेती, महासचिवमा सङ्गीतकार दीपक शर्मा,


