चेल्सीको लगातार तेस्रो जीत
लगातार तेस्रो जीत हासिल गर्दै चेल्सीले प्रिमियर लिगमा आफ्नो पुनरागमन जारी राखेको छ । शनिबार चेल्सीले लेस्टर सिटीलाई ३–१ गोलले हरायो । लेस्टरको यो लगातार पाँचौँ पराजित थियो । खेलको ११ औँ मिनेटमा बेन चिलवेलले चेल्सीलाई अग्रता दिलाएका थिए । तर प्याटसन डाकाले लेस्टरका लागि बराबरी गोल फर्काएका थिए ।


