वाजपेयी बन्दै पंकज

अभिनेता पंकज त्रिपाठीले पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको भूमिका निर्वाह गर्ने भएका छन् । अटल बिहारी वाजपेयीको बायोपिकको शुक्रबार घोषणा गरिएको छ । चलचित्रको नाम ‘मै रहुन या न रहुनु ये देश रहना चाहिये अटल’ राखिएको छ । उत्कर्ष नैठानीले लेखेको यो फिल्मलाई रवि जाधवले निर्देशन गर्दैछन् । रवि जाधव तीन

पहिलो सिजनको उपाधि सिद्धार्थ र मिङ्मालाई ‘सुपर डान्सर नेपाल’

नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर नेपाल’ पहिलो सिजनको उपाधि सिद्धार्थ श्रेष्ठको समूह टीम ‘सिड्मिङ’ले जितेको छ । शुक्रबार राती सम्पन्न ग्राण्ड फिनालेमा सिद्धार्थ र उनका डान्स कोरियोग्राफर मिङ्मा डी लेप्चाले उपाधि जिते । विजय भएसँगै १५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार पनि उनीहरुले जितेका छन् । कान्तिपुर

‘भ्वाइस अफ नेपाल’मा नकआउट प्रतिस्पर्धा : टीम राजेशबाट को–को लाइभ शोमा प्रवेश गरे ?

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनमा यतिबेला नकआउट राउण्ड जारी छ । गतसाता टीम राजु र प्रमोदबाट ९ जना प्रतिस्पर्धी लाइभ शोमा प्रवेश गरेका छन् । शुक्रबार राती टीम राजेशका ट्यालेन्टबीच नकआउट प्रतिस्पर्धा भयो । जसबाट भूपेन्द्र रणपाल, पदम राई र सविना योङहाङ लाइभ शोमा प्रवेश गरेका

विश्व रेकर्डका लागि कालापत्थरमा नाचे जेडी तमु र छिरिङ शेर्पा

जेडी तमु र छिरिङ शेर्पाको जोडीले सगरमाथा क्षेत्रको कालापत्थरमा ‘सर्वाधिक उचाइमा कोरियोग्राफी गरिएको युगल नृत्य’मा विश्व कीर्तिमानका लागि प्रयत्न गरेको छ । जेडी र छिरिङ नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’बाट चर्चामा आएका हुन् । छिरिङ विजेता हुन् भने जेडी कोरियोग्राफरतर्फका सेकेण्ड रनरअप हुन् । पाँच हजार ३००

‘नम्बरी सुन’मा नम्रता र आमेशले जोडी बाँध्ने

राजु गिरीले निर्देशन गर्ने फिल्म ‘नम्बरी सुन’को नायिकामा नम्रता सापकोटा अनुबन्धित भएकी छन् । शुक्रबार निर्माता नारायण खाती र नम्रताबीच सम्झौता भएको छ । उनले आमेश भण्डारीसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । आमेश र नम्रताले पहिलोपटक फिल्ममा सहकार्य गर्न लागेका हुन् । लामो समयपछि यी दुवैको यो कमब्याक फिल्म हुनेछ ।

निश्चल, खगेन्द्र र यज्ञश नयाँ फिल्ममा सहकार्य गर्दै

आगामी एक बेनामे फिल्मको लागि निर्देशक निश्चल बस्नेत, अभिनेता खगेन्द्र लामिछाने र लेखक यज्ञशबीच सहकार्य हुने भएको छ । फिल्मको स्क्रिप्ट लेखन यसै साता सकिएको यज्ञशले जानकारी दिए । पाँच वर्षअघि रिलिज भएको ‘लुट २’पछि यो नयाँ प्रोजेक्टमार्फत निश्चल निर्देशनमा ‘कमब्याक’ गर्दैछन् । ‘हामी प्रारम्भिक चरणमा छौं र अहिलेलाई स्क्रिप्ट

चुनावपछि पनि ‘महापुरुष’ र ‘उचाइ’ले राम्रै कमाउन सक्ने, कुन फिल्मले कति कमाए ?

यतिबेला नेपालका हलमा चार फिल्म प्रदर्शनरत छन् । उचाइ, महापुरुष, वाकान्डा फरेभर र दृश्यम २ । हरिवंश आचार्य स्टारर ‘महापुरुष’  शुक्रबार देखि चौथो सातामा प्रवेश गरेको छ । निर्माताले अहिलेसम्म फिल्मले सात करोड रुपैयाँ हाराहारीमा ग्रस कमाइ गरेको उल्लेख गरेका छन् । चौथो शुक्रबार पनि मल्टिप्लेक्समा महापुरुषको अकुपेन्सी लोभलाग्दो छ

प्रेमिका सबा आजादसँगै ऋतिक मुम्बईको सय करोडको अपार्टमेन्टमा बस्ने

बलिउड अभिनेता ऋतिक रोशन र प्रेमिका सबा आजादले रिलेसनसिपलाई एक कदम अघि बढाउने निर्णय गरेका छन् । प्रायः बाहिर र मुम्बईमा पनि सँगै भेटिने उनीहरु कार्यक्रममा पनि सँगै उपस्थित हुन्छन् । विवरणअनुसार उनीहरु मुम्बईस्थित मन्नत नामको एक अपार्टमेन्टमा सँगै बस्नेछन् । सबा र ऋतिक बस्ने योजनाअनुसार उक्त अपार्टमेन्टको माथिल्लो तला

२७ लागिन् साम्राज्ञी, जन्मदिनमा फिल्म ‘ह्यारीकी प्यारी’को रिलिज मिति घोषणा

  साम्राज्ञी शाह, जितु नेपाल र विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारी की प्यारी’ यही मंसिर २० गते रिलिज हुने भएको छ । निर्माताले शुक्रबार फिल्मका तीन पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन् । यसअघि ‘ह्यारीकी प्यारी’ कात्तिकमा रिलिज हुने भनिएको थियो तर प्राविधिक कार्य नसकिएको भन्दै

‘म त लालीगुराँस भएछु’ : मण्डलामा तीन पुस्ताका रंगकर्मीबीच विमर्श

अन्तर्राष्ट्रिय नाटक महोत्सवको दोस्र्रो संस्करण मंसिर ९ गतेदेखि सुरु हुँदैछ । त्यसअघि मण्डला थिएटरमा कलाकारले रंगमञ्चबारे विमर्श चलाएका छन् । महोत्सव हुन एक साता बाँकी रहँदा अग्रज रंगकर्मीबीच ‘म त लालीगुराँस भएछु’ शीर्षकमा अनुभव, कलाशैली, संघर्ष र तत्कालीन समय सन्दर्भबारे गफगाफ भएको छ । घरेलु रंगमञ्चका तीनपुस्ताका कलाकारले अनुभव साटे
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.