ग्रिजमान पुनः एट्लेटिकोमा अनुबन्ध
एट्लेटिको म्याड्रिडले फ्रान्सका फरवार्ड एन्टोनी ग्रिजमानलाई पुनः अनुबन्ध गरेको छ । बार्सिलोनाबाट क्लबमा भित्र्याउँदै उनलाई सन् २०२६ सम्मको करार दिइएको छ । सन् २०१९ मा एट्लेटिकोबाट १०.८ करोड पाउन्डमा ग्रिजमान बार्सा पुगेका थिए । उनी त्यतिबेला विश्वकै छैटौँ महँगो खेलाडीसमेत बनाएका थिए । बार्साका लागि १०२ खेलमा ३५ गोल गरेका

