विपिनले बलिउड फिल्म ‘एनिमल’ खेल्ने पक्का, ‘प्रसाद २’मा फर्कन तयार
अभिनेता विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’मा रणवीर कपुर र अनिल कपुरसँग स्क्रिन सेयर गर्ने निश्चित भएको छ । निर्देशक सन्दीप रेड्डी भांगासँग मुम्बईमा मिटिङ भएपछि मंगलबार स्वदेश फर्किएका उनले यस्तो जानकारी दिएका हुन् । आगामी असोजदेखि विपिन छायांकन सेट ज्वाइन गर्नेछन् । एनिमलमा उनले बबी देओलको भाइको चरित्रमा अभिनय गर्दैछन्


