लिभरपुलको पोस्टमा युनाइटेडको चार गोल

प्रि–सिजन टुर अन्तर्गत थाइल्याण्डमा भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड लिभरपुललाई ४–० गोल अन्तरले हराएको छ । बैंककमा मंगलबार राति युनाइटेडलाई जित दिलाउन जाडोन सान्चो, फ्रेड, एन्थोनी मार्सियल र फाकुन्डो पेलिस्ट्रीले एक–एक गोल गरे । टुरमा निकै लयमा देखिएको युनाइटेडले पहिलो हाफमा तीन गोल गरेको थियो । थाइल्यान्ड भ्रमणपछि युनाइटेड अष्ट्रेलिया

आईसीसी पुरुष विश्वकप लिग टू : नेपालले आज स्कटल्याण्डको सामना गर्दै

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज दोस्रो खेल खेलमा घरेलु टोली स्कटल्याण्डको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपाल स्कटल्याण्डलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्न चाहन्छ

घरेलु टोली इङ्ग्ल्यान्ड भारतसँग १० विकेटले पराजित

भ्रमणकारी टोली भारतले घरेलु टिम इङ्ग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा १० विकेटको जित निकालेको छ । योसँगै तीन खेलको शृंखलामा भारत १–० ले अघि रहेको छ । मंगलबार राति लण्डनको ओवलमा इङ्ग्ल्यान्डले दिएको १११ रनको लक्ष्य भारतले १८ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पूरा गरेको हो । भारतको जितमा

इन्दिरा गान्धी अवतारमा कंगना रनौत : ‘इमर्जेन्सी’को टिजर र पोस्टर रिलिज

अन्ततः लामै प्रतीक्षापछि बलिउड अभिनेत्री कंगना रनौतले आफ्नो आगामी फिल्म ‘इमर्जेन्सी’को आवरण सार्वजनिक गरेकी छन् । भिडियो र पोस्टर टिजरको लुक्समा उनी भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको स्वरुपमा देखिएकी छन् । आवरणमा उनी दुरुस्तै इन्दिरा गान्धी देखिन्छिन् । पोस्टर लन्च गर्दै उनी लेख्छिन्, ‘इमर्जेन्सीको फस्टलुक सार्वजनिक गर्दैछु । संसारकै शक्तिशाली र

निर्मल पूर्जाको नेटफ्लिक्स फिल्म ‘फोर्टिन पिक्स’ एमी अवार्डमा मनोनित

कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जामाथि नेटफ्लिक्सले निर्माण गरेको चर्चित डकुमेन्ट्री ‘फोर्टिन पिक्स ः नथिङ इज इम्पोसिबल’ टेलिभिजनतर्फको ओस्कार अवार्ड मानिने एमीमा मनोनयन भएको छ । आउटस्ट्यान्डिङ म्युजिक कम्पोजिसन फर अ डकुमेन्ट्री सिरिज अर स्पेसल विधामा फिल्म छानिएको हो । यो विधामा कम्पोजर नैनिता देसाई मनोनित भएकी हुन् । नेटफ्लिक्समा रिलिज

विदेशी प्रेमिकासँग अभिनेता रेमनदास श्रेष्ठले कसे लगनगाँठो

अभिनेता एवं टेलिभिजन पर्सनालिटी समेत रहेका रेमनदास श्रेष्ठले विदेशी प्रेमिकासँग परम्पराअनुसार विवाह गरेका छन् । बिहीबार काठमाडौंको एक रेस्टुरेन्टमा उनले प्रेमिका जेना मुड्रासँग विवाह गरेका हुन् । हिन्दू परम्पराअनुसार भएको बिहेमा जेना दुलही पहिरनमा देखिएकी छन् । उनको विवाह समारोहमा उनी निकट अन्य कलाकार समेत सहभागी छन् । रेमन र

पारलैंगिक कथावस्तुको फिल्म ‘गुलाबी’मा नाजिर हुसेन अनुबन्धित

ट्रान्सजेन्डर अर्थात् पारलैंगिक व्यक्तिको कथावस्तुमाथि फिल्म ‘गुलाबी’ निर्माण हुने भएको छ । समुन्द्र भट्टले निर्देशन तथा निर्माण गर्ने फिल्मको मुख्य भूमिकामा नाजिर हुसेन अनुबन्धित भएका छन् । निर्माण कम्पनी द स्काई ओसन इन्टरटेनमेन्ट र अभिनेता हुसेनबीच अनुबन्धन सम्झौतामा हस्ताक्षर भएको छ । नाजिरले पारलैंगिक व्यक्तिको भूमिकामा अभिनय गर्दैछन् भने उनको

भ्रष्टाचारविरुद्ध फिल्म ‘प्रकाश’, ६ सहरमा स्ट्याण्डअप कमेडी यात्रा गरिने

संसारका १८० मुलुकमध्ये नेपाल बढी भ्रष्टाचार हुने मुलुकको सूचीको ११७ औं स्थानमा छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको सन् २०२१ को आँकडाअनुसार नेपाल भुटान, भारत र श्रीलंकाभन्दा अझै पछाडि छ । ३३ वर्षदेखि यो सूचीमा नेपालको स्थानमा खास उतारचढाव छैन । सरकारी कार्यालयमा समेत भ्रष्टाचार हुने तथ्यले देखाएको छ । भ्रष्टाचारले कसरी

नेटफ्लिक्स सिरिज ‘स्क्वीड गेम’ एमी अवार्डका १४ विधामा मनोनित

नेटफ्लिक्स सिरिज ‘स्क्वीड गेम’ले इतिहासमाथि इतिहास रच्दैछ । दक्षिण कोरिया कसरी विश्व मनोरञ्जन जगतमा प्रभावशाली बन्दैछ भन्ने यो प्रमाण समेत हो । वर्गीय अवस्था, शक्ति, धन र किड्डी खेलमा आधारित यो दक्षिण कोरियाली सिरिजले टेलिभिजनको ओस्कार मानिने एमी अवार्डमा गैरअंग्रेजी भाषाको सिरिजतर्फबाट सर्वाधिक विधामा मनोनित हुने कीर्तिमान राखेको छ ।

‘पानीफोटो’को ट्रेलरबाट उत्साहित मलिका भन्छिन्– अबको रोजाइ कन्टेन्टमा आधारित फिल्म

आफ्नो दोस्रो फिल्म ‘पानीफोटो’को ट्रेलरबाट मलिका महतले सुखद प्रतिक्रिया प्राप्त गरेकी छन् । तर उनको डेब्यु फिल्म ‘यात्रा’ले भने त्यो वर्ड अफ माउथ हासिल गर्न सकेन जुन उनलाई आवश्यक थियो । ‘पानीफोटो’को ट्रेलर मंगलबार सार्वजनिक भयो र यसमा मलिका ग्रामीण युवतीको भूमिकामा चित्रित छन् । जुन उनको वास्तविक इमेजभन्दा निकै
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.