साउथ फिल्मको आकार २४ सय करोड भारु पुग्दा बलिउड खुम्चियो ८०० करोडमा
कमाइको आँकडालाई आधार मान्ने हो भने यो समय दक्षिण भारतीय (साउथ) फिल्म हिन्दीभाषी फिल्म उद्योग बलिउडमाथि हाबी छ । यो वर्ष अहिलेसम्म साउथका दुई फिल्म केजीएफ च्याप्टर २ र आरआरआरले हजार–हजार करोड भारुको कमाइ गरे । कार्तिक आर्यनको ‘भुलभुलैया २’ले केही हदसम्म बलिउडको नाक राख्यो । बक्स अफिसमा पैसा छाप्ने


