ज्याकलिनले नेपाललगायत अन्य देशमा यात्राका लागि अदालतसँग मागिन् अनुमति

हिन्दी फिल्मकी अभिनेत्री ज्याकलिन फर्नान्डिजले बुधबार दिल्लीको पटियाला अदालतमा १५ दिनका लागि विदेश जान अनुमति माग्दै निवेदन दिएकी छिन् । बीबीसी हिन्दीसँगको कुराकानीमा फर्नान्डिसका वकिल अजित सिंहले ज्याकलिन फर्नान्डिसलाई धेरै कामका कारण अबुधाबी, नेपाल र फ्रान्स जान आवश्यक रहेको बताए । त्यसमध्येको एउटा कारण हो, आइफा अवार्ड । अजित सिंहले

‘मिस्टर एण्ड मिसेज माही’ को सुटिङ सुरु

बलिउड फिल्म ‘मिस्टर एण्ड मिसेज माही’ को सुटिङ सुरु भएको छ । जाह्न्वी कपुर र राजकुमार रावको मुख्य भूमिका रहने फिल्मको आज सोमबारबाट सुटिङ सुरु भएको हो । जाह्न्वी र राजकुमार यसै फिल्म मार्फत पहिलो पटक एकसाथ देखिन लागेका हुन् । निर्माता करण जौहरले सामाजिक संजाल मार्फत एक तस्बिर सार्वजनिक

केकी अधिकारी भन्छिन्–बहुमूल्य भोटको प्रयोग गर्न नपाउनुले चित्त दुख्ने रहेछ

नायिका केकी अधिकारीले निर्वाचनको समयमा देश बाहिर हुनु र आफ्नो बहुमूल्य भोटको प्रयोग गर्न नपाउने अवस्था बनेको भन्दै खिन्नता व्यक्ति गरेकी छन् । हाल अमेरिकामा रहेकी अधिकारीले सामाजिक सञ्जालमार्फत मताधिकारीको प्रयोग गर्न पाउनु ठूलो कुरा भएको बताएकी हुन् । ‘निर्वाचनको समयमा देश बाहिर हुनु र आफ्नो बहुमूल्य भोटको प्रयोग गर्न

प्रदेश १ मा निर्वाचनको तयारी पूरा

विराटनगर । प्रदेश १ मा आसन्न स्थानीय तहको चुनावका लागि आवश्यक तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचनका लागि सबै त यारी पूरा भएको हो । मतपत्र, स्वस्तिक छापलगायत सबै सामाग्री जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत पालिकाका मतदान केन्द्रमा पुगिसकेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले

मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो

क्रेजी संवाददाता काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने भएपछि यहाँ तयारी तीव्र पारिएको छ । २५६६ औँ बुद्धजयन्तीको अवसर पारेर जेठ २ गते उहाँ लुम्बिनी आउन लागेका हुन् । भारतका प्रधानमन्त्री मोदीको भ्रमणको सुरक्षा व्यवस्था मिलाउन बुुधबार मात्रै भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड) लुम्बिनी

सोनाक्षीले गरेकी हुन् त इन्गेज्मेन्ट ?

बलिउडमा यतिबेला विवाह सिजन चलेको छ । केहीदिन पहिले अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुरले लगानगाँठो सकेका थिए, भने हालै साउथ अभिनेत्री नयनतारा र विग्नेशको विवाहको समाचार बाहिर आएको थियो । यसैबीच दबंग अभिनेत्री सोनाक्षी सिन्हाको विवाहको खबरले पनि बलिउड चर्चा पाएको छ । सोनाक्षीले हालै सामाजिक संजालमा केही

प्रभासको ‘प्रोजेक्ट के’ दिशाको इन्ट्री

अभिनेता प्रभासको फिल्म ‘प्रोजेक्ट के’ मा अभिनेत्री दिशा पटानी भित्रिएकी छन् । अभिनेत्री दिशाले नै फिल्म ‘प्रोजेक्ट के’मा आफू भित्रिएको जानकारी सामाजिक संजाल मार्फत बाहिर ल्याएकी हुन् । कलाकारका हिसाबले समेत चर्चामा रहन सफल फिल्ममा दीपिका पादुकोण र अमिताभ बच्चन समेत देखिँदैछन् । फिल्मको निर्देशन नाग अश्विनले गर्दैछन् । समाचारका

‘हनी बनी’मा अनमोलको ठाउँमा भित्रिए बलिउड मोडल अभिमन्यु तोमार

दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘हनी बनी’मा भारतीय मोडल तथा अभिनेता अभिमन्यु तोमार अनुबन्धित भएका छन् । अनमोल केसीले छाडेपछि उनको ठाउँमा बलिउड मोडललाई लिइएको निर्देशक भट्टराईले जानकारी दिए । चर्चित बलिउड गीत ‘याद पिया के आने लगी’मा फिचर्ड भएका तोमारले ए–लिस्टर हिन्दी भिडियोमा समेत काम गरेका छन् । सन्

बाफ्टाको कर्माथान फेस्टिभलमा छानियो नेपाली फिल्म ‘हल्कारा’

महेश त्रिपाठी अभिनित नेपाली फिल्म ‘हल्कारा’ले एकपछि अर्को अन्तर्राष्ट्रिय उपलब्धि हात पारिरहेको छ । अमेरिकी फेस्टिभल वर्ल्डफेस्ट ह्युस्टनमा उत्कृष्ट फिल्म, अभिनय र छायांकन विधामा जितेको फिल्मले अर्को उपलब्धि कमाएको छ । विक्रम सापकोटा निर्देशित यो फिल्म विश्वकै चर्चित फिल्म अवार्ड बाफ्टा (ब्रिटिश फिल्म एकेडेमी अवार्ड)को क्वालिफाइङमा पर्ने कर्माथान बे फिल्म

सकियो ‘पल्पसा क्याफे’ को मञ्चन

नाटक ‘पल्पसा क्याफे’ को मञ्चन सकिएको छ । थापागाउँस्थित मण्डला थिएटरमा ९ वैशाखबाट मञ्चन सुरु भएको नाटक सोमबारबदेखि सकिएको हो । नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित भएर बनाइएको उक्त नाटकले ५ हजार बढी दर्शक पाएको कलाकार विजय बरालले जानकारी दिए । ‘यस पटक नाटकको हरेक
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.