४० औं दिनमा सकियो ‘परस्त्री’

  फिल्म ‘परस्त्री’ को छायाङ्कन सकिएको छ । शनिबारबाट बालाजुस्थित चलचित्र विकास कम्पनीमा अन्तिम दृश्य छायांकन गर्दै फिल्म सकिएको हो । ४० औं दिनको नियमित छायाङ्कनपछि फिल्म किनिएको निर्देशक सुरज पाण्डेले बताए । पाण्डे यसै फिल्मबाट निर्देशन डेब्यू गर्न लागेका हुन् । काठमाडौंबाट छायाङ्कन सुरु भएको फिल्म मुस्ताङपछि फेरि काठमाडौंमै

ओस्कारमा प्रतिबन्धपछि विल स्मिथ भारतमा, सद्गुरुसँग समय बिताउने

ओस्कार अवार्ड प्रकरणपछि हलिउड अभिनेता विल स्मिथ पहिलो अन्तर्राष्ट्रिय भ्रमणका सिलसिलामा शनिबार बेलुका भारत पुगेका छन् । १० वर्षको लागि ओस्कारमा प्रतिबन्ध लगाइएपछि उनी विदेश यात्रामा निस्किएका हुन् । अवार्ड समारोहमा प्रस्तोतालाई थप्पड हानेपछि विल चौतर्फी आलोचनाको केन्द्रमा छन् । त्यसयता उनी तनावमा रहेको हलिउड सञ्चारमाध्यमले जनाएका छन् । शनिबार

कान्समा नेपालले खाता खोल्यो, अविनाशको ‘लोरी’ प्रतिस्पर्धामा

विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभल कान्समा नेपालले पहिलोपटक खाता खोलेको छ । अविनाशविक्रम शाह निर्देशित १४ मिनेट लामो फिल्म ‘लोरी’ सर्ट फिल्म प्रतिस्पर्धामा छानिएको हो । कान्सको आधिकारिक वेबसाइटका अनुसार ९ मुलुकका ९ छोटा फिल्म यो विधाको प्रतिस्पर्धामा छानिएका छन् । १४० देशका ३५ सयभन्दा बढी फिल्मबाट ‘लोरी’ले स्थान बनाएको हो

पथरीशनिश्चरेको मेयरमा राप्रपाको उम्मेद्वार सम्मर राई

क्रेजी संवाददाता पथरी । राष्ट्रिय प्रजातन्त्र पार्टीले पथरीशनिश्चरे नगरप्रमुख मेयर पदको लागि सम्मर बहादुर राईलाई उम्मेद्वार बनाएको छ । वैसाख ३० गते हुने स्थानीय निर्वाचनको लागि राप्रपाले सम्मरबहादुर राई सहितको टिम नै तयार गरी सहभागी तयारीका साथ लागेको हो । शुक्रवार पथरीशनिश्चरे १ मा पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा

एमालेको तर्फबाट कानेपोखरीको मेयरमा राजमति इङ्नाम र उपमेयरमा भोला अधिकारी

क्रेजी संवाददाता पथरी । मोरङको कोनेपोखरी गाउँपालिकामा नेकपा (एमाले)का तर्फबाट नगर प्रमुखमा राजमति इङ्नाम र उपप्रमुखमा भोला अधिकारीलाई उमेद्वारी दिने निर्णय भएको छ । इङ्नाम अनुसन्धान आयोगका सदस्य तथा गाउँपालिका उपप्रमुख हुन् । यस्तै अधिकारी नेकपा एमाले मोरङ जिल्ला कमिटी सदस्य हुन् । कानेपोखरीको प्रमुखमा राजमती ईङ्नाम र उपप्रमुखमा भोला

एमालेको तर्फबाट पथरीशनिश्चरेको मेयर मोहन तुम्बापो, उपमेयर देविमाया काफ्ले

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा नेकपा (एमाले)का तर्फबाट नगर प्रमुखमा मोहन तुम्बापो र उपप्रमुखमा देविमाया काफ्लेलाई उमेद्वारी दिने निर्णय भएको छ । तुम्बापो साबिक पथरी गाबिसको अध्यक्ष समेत हुन् । एमाले स्रोेतले भन्यो तुम्बापो र काफ्लेलाई टिकट दिने निर्णय भएको हो । हिजो अबेरसम्म प्रमुखमा ८ र उपप्रमुखमा ४

एन्फा निर्वाचन : इलाममा श्रेष्ठ, चितवनमा कार्की र दाङमा धिताल

अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि जिल्ला फुटबल संघको निर्वाचन चलिरहेको छ । यहीबीच शनिबार भएको इलामको ७ औं साधारण सभाले बिक्रम श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । इलाममा सम्पन्न सभाले संघको उपाध्यक्षमा पूर्णबहादुर लिम्बु (फत्र माईला), डिडेन देवान र सेवक देवानलाई चयन गरेको हो ।

नेकपा ‘एस’ मोरङ एक्लै निर्वाचनमा होमिने

क्रेजी संवाददाता विराटनगर । सत्तारुढ गठबन्धनवीच सहमति कायम नभए नेकपा एकीकृत (समाजवादी ) मोरङ एक्लै निर्वाचनमा जाने घोषणा गरेको छ । सो पार्टीको जिल्ला कमिटीले विराटनगर महानगरबाहेकका सबै स्थानीय तहमा उम्मेद्वार टुंगो लगाएको पनि जनाएको छ । विराटनगरमा शुक्रबार सम्पन्न जिल्ला पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले उम्मेद्वार टुंगो गरेको हो

बार्सिलोनाको महिला टोलीको खेलमा रेकर्ड दर्शक

बार्सिलोनाको महिला फुटबल टोलीले च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा दर्शकको उपस्थितिको रेकर्ड बनाएको छ । सेमिफाइनलको पहिलो लेगमा वुल्फ्सवर्गलाई हराउने क्रममा क्याम्प नाउमा रेकर्ड ९१ हजार ६४८ दर्शक उपस्थित थिए । यसअघि क्वार्टरफाइनलमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई हराउने क्रममा महिला टोलीले ९१ हजार ५५३ जना दर्शक बटुल्न सफल भएको थियो । गत

जिजसलाई अनुबन्ध गर्ने आर्सनलको तयारी

प्रिमियर लिग क्लब आर्सनलले म्यानचेस्टर सिटीका स्ट्राइकर गाब्रियल जिजसलाई अनुबन्ध गर्ने तयारी थालेको छ ।​ आर्सनलका प्राविधिक निर्देशक डाउड गास्परले ब्राजिलियन स्टारसँग अनुबन्धको विषयमा कुरा चलिरहेको बताए । जिजसले सिटीका लागि प्रिमियर लिगमा यो सिजन २३ खेल खेल्दै ३ गोल गरेका छन् । च्याम्पियन्स लिग खेल्ने संघारमा पुगेको आर्सनलले जिजस
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.