विल स्मिथलाई ओस्कारमा १० वर्ष प्रतिबन्ध
ओस्कार अवार्ड वितरण समारोहमा प्रस्तोता एवं कमेडियन क्रिस रकलाई थप्पड हानेको घटनामा अभिनेता विल स्मिथलाई १० वर्षसम्म ओस्कारमा उपस्थित हुन नपाउने गरी प्रतिबन्ध लगाइएको छ । एकेडेमी अफ आर्टस् एण्ड साइन्सेजको निर्देशक समिति बैठकले स्मिथविरुद्ध अनुशासनको कारबाही गरेको रोयटर्सले जनाएको छ । १२ दिनअघि ओस्कार समारोहमा स्मिथले रकलाई थप्पड हानेका


