अमित शाहलाई प्रकाश राजले भने– जबरजस्ती हिन्दी थोपरेर घर फुटाउन नखोज्नुस्
भारतका फिल्मकर्मीहरु राजनीतिक मुद्दामा खुलेर प्रतिक्रिया दिन्छन् । केही दिनअघि भारतीय गृहमन्त्री अमित शाहले गैर हिन्दीभाषी राज्यमा अंग्रेजीको सट्टा हिन्दी भाषा चलाउनुपर्ने अभिव्यक्तिलाई लिएर तीव्र आलोचना भइरहेको छ । गृहमन्त्री शाहको यो अभिव्यक्तिप्रति विशेषगरी दक्षिण भारतीय राज्यका बासिन्दा र कलाकारहरुले असन्तुष्टि पोखेका छन् । यसैबीच अभिनेता प्रकाश राजले पनि गृहमन्त्री


