एथ्लेटिकोको उत्कृष्ट पुनरागमन
इन्जुरी समयमा दुई गोल गर्दै एथ्लेटिको म्याड्रिडले ला लिगामा भ्यालेन्सियाबिरुद्ध रोमाञ्चक पुनरागमन गरेको छ । शनिबार राति भएको खेलमा एथ्लेटिको आफ्नो घरेलु मैदानमा ३–२ गोलले विजयी भएको हो । युनुस मुसाह र ह्युगो डुरोले पहिलो हाफमा गोल गर्दै भ्यालेन्सियालाई खेलमा अग्रता दिलाएका थिए । दोस्रो हाफमा यानिक कारास्कोको कर्नरमा गोल


