नेपालमा कोरोना संक्रमितको संख्या तिन पुग्यो

क्रेजी साप्ताहिक काठमाडौं । नेपालमा ३ जनालाई कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएको छ । आज टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको एक विरामिको नमुनामा पोजेटिभ देखिएको हो । प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरेका हुन । सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको

कोरोना भाइरस

 तारा लाओती लिम्बू कोरोना तिमीले माहामारी फैलाउने कस्तो शहर बनायौ भाइरस सधै तिम्रो छायाँभरी रमाउने कस्तो रहर बनायौ सारा तिम्रो करूणाबिहीन डर त्रासले भयावह छन् सबै यहाँ अनावसै सृष्टि भई मनुष्यलाई गलाउने कस्तो जहर बनायौ   संसारको हरेक देशमा तिम्रा पापी भाइरस नपुगेको ठाउँ नै छैन मानवभित्रभित्रै तिम्रो संक्रामण डुलाउने

पथरीकी सज्जा नेपाल आईडलको टप ४ मा पुगेपछि बुबा र भाइले गरे भोटको अपिल

क्रेजी साप्ताहिक पथरी । मोरङ पथरीशनिश्चरेकी सज्जा चौलागाई रियालिटी शो नेपाल आइडल सिजन ३ को टप ४ मा पुग्न सफल भएकी छिन् । पथरीशनिश्चरे–२ की सज्जा चौलागाई भोट गर्न अपिल गर्दै उनका बुबा टंक चौलागाई र भाइ सविन चौलागाईले आफ्नो ठाउँमा आएर भोटको अपिल गरेका छन् । पथरीशनिश्चरेमा आधारभुत शिक्ष

अस्पताल भर्ना कतारबाट फर्किएका तीन युवालाई ज्वरो आएपछि

  कतार एयरवेजबाट काठमाडौं फर्केकी एक युवतीमा कोरोना संक्रमण देखिएपछि त्यसको त्रास अन्यत्र फैलिरहेको छ । पर्सामा कतारबाटै फर्केका तीन जना युवकमा ज्वरो आएपछि अस्पतालमा पुगेका छन् । कतारबाट सखुवाप्रसौनी गाउँपालिका वडा न ४ देउरवानाका तीन जना नारायणी अस्पतालमा पुगेका हुन् । गत चैत ४ र ५ गते कतारबाट घर

सरकारको निर्णयसँगै सीमामा अलपत्र नेपालीमा खुसीयाली

कैलाली । कैलालीको गौरीफन्टा नाकामा अलपत्र नेपालीहरु सरकारको निर्णयसँगै खुसी भएका छन् । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको काठमाडौंमा बसेको बैठकले सिमानामा अड्किएका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेसँगै उनीहरुमा खुसीयाली छाएको हो । कैलालीको अत्तरियाका भक्तराज भट्टले सरकारको निर्णयले आफूहरु खुसी भएको

पसल र उद्योग वन्द गर्न वाणिज्य संघ पथरीको आग्रह

पथरी कोरोना भाईरस संक्रमणको जोखिम कम गर्न पथरी उद्योग बाणिज्य संघले अत्यावश्यक बाहेकका सम्पूर्ण पसल व्यवसाय बन्द गर्न आह्वान गरेको छ । पथरी उद्योग वाणिज्य सङ्घ पथरीले सोमवार एक सूचना प्रकाशित गर्दै व्यापार व्यवसाय बन्द गर्न उद्योगी व्यापारीमा आग्रह गरेको छ । कोरोनाको जोखिम कम गर्न व्यापार व्यवसाय बन्द गरेर

डोटीमा भोलिदेखि कर्फ्यूको घोषणा

क्रेजी साप्ताहिक डोटी । विश्वभरि फैलिएको कोरोना भाइरस (कोविड–१९) को संक्रमण फैलिन नदिनका लागि भन्दै जिल्ला प्रशासन कार्यालय डोटीले मंगलबारदेखि निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय डोटीले आज एक बिज्ञप्ती जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) अनुसार मंगलबार बिहान १० बजेदेखि

अर्घाखाँची जिल्ला पनि ‘लकडाउन’को घोषणा

क्रेजी साप्ताहिक । अर्घाखाँची जिल्ला पनि ‘लकडाउन’ हुने भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आज राति १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि लकडाउन घोषण गरिएका हो । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा आज बसेको सर्वपक्षीय बैठकले जिल्लालाई ‘लकडाउन’ गर्ने निर्णय गरेको हो

प्रदेश १ मा सार्बजनिक यातायात बन्द, विराटनगरमा ‘लकडाउन’ को निर्णय

क्रेजी साप्ताहिक मोरङ । कोरोना संक्रमणको त्रास बढेपछि विराटनगर महानगरपालिकाले मंगलबारबाट लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना संक्रमकणबाट भारतको बिहारमा एकजनाको मृत्यु भएपछि विराटनगर महानगरपालिकाले मंगलबार विहानदेखि अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनमा अत्यावश्यक बाहेक अन्य सेवा बन्द हुने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए

कोरोनाको जोखिम रोकथामका लागि तरुण दलले राख्यो चौकचौकमा बाल्टिन र हेन्डवास

प्रेमप्रसाद भट्टराई (के.डि) पथरी । विश्वभरनै त्रास फैलाइरहेको कोरोना भाइरसको जोखिम रोकथामका लागि नेपाल तरुण दल पथरीशनिश्चरे नगरसमितिले सचेतना अभियानको रुपमा बाल्टीन हेण्डवास तथा साबुन साबुनपानि राखेको छ ।  आज (सोमबार) नेपाल तरुणदल पथरीशनिश्चरेका भुपेन रानापहेलीको संयोजकत्वमा सो अभियान राखिएको हो । पथरीशनिश्चरे बजार र सो आसपासका मुख्य चोकहरु, ट्राफिक
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.