
एक सय यात्रु बोकेको विमान दुर्घटना
क्रेजी साप्ताहिक एजेन्सी । एक सय यात्रु बोकेको विमान कजाकिस्तानमा दुर्घटनाग्रस्त बनेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । अल्माटी विमानस्थलबाट उडान भरेको केही बेरमा नै बेक एयरको विमान शुक्रबार बिहान दुर्घटनाग्रस्त बनेको उनीहरुको भनाइ छ । यतिबेला उद्धारकर्ताहरु दुर्घटनास्थल पुगेका छन् । सात जनाको मृत्यु भएको पुष्टि उद्धारकर्ताहरुले गरेका छन् ।