घुस रकमसहित नापी सर्वेक्षक पक्राउ

क्रेजी साप्ताहिक वीरगञ्ज । नापी कार्यालयका सर्वेक्षक रामनरेश पासवानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७५ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयका प्रहरी नायब उपरीक्षक केशव भट्टराई नेतृत्वको टोलीले नापी कार्यालयअन्तर्गत २ नं. नापी टोलीको कार्यालय वीरगञ्जबाट पासवानलाई सोमबार पक्राउ गरेको हो ।

अवैध रूपमा नेपाल प्रवेश गर्ने १ तिब्बती र ४ भुटानी पक्राउ

क्रेजी साप्ताहिक वीरगञ्ज । शसस्त्र प्रहरीले अवैध रूपमा नेपाल प्रवेश गर्न लागेका एक तिब्बती र ४ भुटानी नागरिकलाई नियन्त्रणमा लिएको छ । बा ५ ख २३८८ नम्बरको नेपाल–भारतमैत्री बसमा सवार १ तिब्बती र ४ भुटानीलाई प्रहरीले भारतको बोधगयाबाट काठमाडौं जान लागेको अवस्थामा नियन्त्रणमा लिएको हो । ४० यात्रुमध्ये एक तिब्बती

परराष्ट्रमन्त्रीद्वारा अष्ट्रेलियाको आगजनीप्रति दुःख व्यक्त

क्रेजी साप्ताहिक काठमाडौं । अष्ट्रेलियामा भीषण आगलागीका कारण पुगेको नोक्सानीप्रति परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गहिरो दुःख प्रकट गरेका छन् । आगलागीले मानवीय, जीवजन्तु तथा वनस्पतिमा पुगेको क्षतिमा दुःख व्यक्त गर्दै अष्ट्रेलियाका विदेश मन्त्री मरिस पायनेलाई सोमबार समवेदना सन्देश पठाएका हुन् । आगजनीले निम्त्याएको संकटबाट पार पाउन अष्ट्रेलिया सरकारले निर्धक्क काम गर्छ

माघे सक्रान्तिमा सार्वजनिक बिदा

क्रेजी साप्ताहिक । माघे सक्रान्तिको अवसरमा प्रदेश नं. ५ को सरकारले सार्वजनिक बिदा दिने भएको छ । सो पर्वको अवसरमा आगामी माघ १ र २ गते बिदा दिने भएको हो । प्रदेश ५ सरकारले गत वर्ष पनि माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकका

घुससहित सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

क्रेजी साप्ताहिक काठमाडौं । १ लाख ६० हजार रुपैयाँ घुससहित कैलालीको सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंह पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१२ मा रहेको सामुदायिक वन क्षेत्रबाट माटो झिक्न प्रयोग भएका डोजर र ट्याक्टर छाड्ने क्रममा सेवाग्राहीसँग सो रकम लिँदै गरेको अवस्थामा दुबै

दाजुभाईको झगडा हुदा एक जनाको मृत्यु

क्रेजी साप्ताहिक इलाम । इलाममा दाजुभाईको झगडा हुँदा एक जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएअनुसार सुर्योदय नगरपालिका–१२ आठघरेमा दाजु भाई बिच झगडा तथा कुटपिट हुँदा ४६ बर्षीय हर्क बहादुर रसाईलीको मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेर आईतवार राती स्थानीय ४६ बर्षीय हर्क बहादुर रसाईली

सानेपामा नाराबाजी

क्रेजी साप्ताहिक काठमाडौं । ३२ वर्ष नकटेको नेतृत्व माग गर्दै नेपाल विद्यार्थी संघको एउटा समूह नेपाली कांग्रेसको कार्यालय सानेपामा अनसन बसिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले राजीव ढुंगानालाई नेविसंघको सभापति बनाउने तयारी गरेको सूचना पाएका विद्यार्थी नेताहरुको एउटा समूहले २० दिनदेखिको रिले अनसन जारी राखेको हो । यसक्रममा कांग्रेसको

क्यान्सर पीडित संगीताका लागि सहयोगको याचना (सके सहयोग नसके शेयर गरिदिनुहोला)

क्रेजी साप्ताहिक उर्लाबारी । मुखको क्यान्सरबाट पीडित मोरङ मधुमल्लाकी एक महिलाको उपचारका लागि सहयोग गरिदिन उनका परिवारजनले आग्रह गरेका छन् । मिक्लाजुङ ७ छत्तिसविघेकी ३५ वर्षीया संगीता रिमाललाई मुखको क्यान्सर भएपछि हाल भारतको दिल्लीस्थित राजिव गान्धि क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । तर, रकम अभावमा उपचार गर्न कठिन भएको भन्दै

ऐतिहासिक बिन्दुमा सुन, प्रतितोला ७६ हजार पुग्यो

क्रेजी साप्ताहिक काठमाडौं । सुनको मूल्य नेपाली बजारमा ऐतिहासिक बिन्दुमा पुगेको छ । सोमबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ तोेकेको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय र चाँदीको मूल्य प्रतितोला ९२० रुपैयाँ तोकिएको छ । गत शुक्रबार, आइतबार

अष्ट्रेलियामा पानी प‍र्यो, डढेलोले थप उग्र रुप लिने चेतावनी

एजेन्सी । अष्ट्रेलियामा पानी परेसँगै अहिले त्यहाँको तापक्रम घटेको छ तर अधिकारीले डढेलोले पुनः उग्र रुप लिने चेतावनी दिएका छन् । सिड्नीदेखि मेलबर्नसम्म सुटी नामको वर्षा भएको छ । न्यू साउथ वेल्सका केही स्थानमा समेत खण्डवृष्टि भएको रिपोर्टमा उल्लेख छ । यद्यपि, आइतबार राती त्यहाँका अधिकारीले बिहिबारदेखि तापक्रम थप वृद्धि
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.