पथरीशनिश्चरेकी रिजुले पहिरिइन मिस पूर्वाञ्चलको ताज

क्रेजी साप्ताहिक धरान । १० औँ मिस पूर्वाञ्चलको ताज पथरीशनिश्चरेकी रिजु भट्टराइले पहिरिएकी छिन् । धरान सभागृहमा शनिबार मध्यरात सम्पन्न मिस पूर्वाञ्चलको फाइनल चरणबाट सहभाथी २० प्रतियोगीहरुलाई पछि पार्दै विजेता बनेकी हुन् । उनी मिस पथरी शनिश्चरे २०१९ की विजेता समेत हुन् । क्षत्री बाहुन समुदायमा पहिलोपटक उनी मिस पूर्वाञ्चल

धरानमा यायोक्खाको प्रशिक्षण, किरात प्रदेशको लागि निर्णायक आन्दोलनको तयारीमा लाग्न निर्देशन

क्रेजी साप्ताहिक सुनसरी । किरात राई यायोक्खाको केन्द्रीय नेताहरुले प्रदेश १ को नाम किरात राख्न निर्णयक तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन ।  यायोक्खा राई समुदायको साझा सस्था हो । किरात प्रदेश अभियानको लागि जिल्ला दौडाहामा रहेको यायोक्खाको टोलि शनिवार (पुस ६) सुनसरीको धरान पुगेर कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका हुन ।

जाडो बढेपछि तीन दिन विद्यालय बन्द

क्रेजी साप्ताहिक । जाडो अत्यधिक बढ्दैगएपछि सप्तरीको राजविराज नगरपालिकाका सम्पूर्ण विद्यालय अगामी तीन दिनका लागि बन्द गरिने भएको छ । राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवद्धारा आज जारी गरिएको विज्ञप्तिमा केही दिनयता अत्यधिक चिसो बढेकाले विद्यालय जाने बालबालिकालाई असर पर्ने भएकाले यही पुस ६ देखि पुस ८ गतेसम्म विद्यालय बन्द गर्ने

१५ हजार घुससहित सई पक्राउ

क्रेजी साप्ताहिक जनकपुरधाम । दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा धनुषाबाट एक जना प्रहरी नायव निरीक्षक (सई) रंगेहात पक्राउ परेका छन् । प्रहरी चौकी यज्ञभूमीमा कार्यरत सई कालीचरण पंजियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वर्दिवासको टोलीले नियन्त्रणमा लिएको हो । मिथिला नगरपालिका ६ ढल्केबरमा सेवाग्राहीसँग रु १५ हजार घूस

बाग्लुङान जिप दुर्घटना, पाँच जना घाइते

क्रेजी साप्ताहिक । आज विहान बागलुङको खर्वाङ बजारबाट सिसाखानीतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बडिगाड गाउँपालिका–२ सक्न्यार टुटीफेदमा लु १ च ७७१८ नंको पिकअप जिप दुर्घटना भएको थियो । खर्वाङबाट बिरामी लिएर सिसाखानीतर्फ

धरान उपमहानगरको प्रमुख तिलक राईलाई यायोक्खाले दियो बधाई

क्रेजी साप्ताहिक सुनसरी । किरात राई यायोक्खा केन्द्रिय समितिको निवर्तमान अध्यक्ष तिलक राईलाई सुनसरी धरानको उपमहानगरपालिका प्रमुख तिलक राईलाई आज कार्यक्रमको आयोजना गरि बधाई तथा शुभकामना व्यक्त गरेको छ । मंसिर १४ गते भएको उपनिर्वाचनमा उपमहानगरको प्रमुख भएका राईलाई धरान स्थित यायोक्खा भवनमा बधाई तथा शुभकामना दिएको हो । कार्यक्रममा

प्रधानमन्त्री ओलीकै ट्वीटर ह्याक

क्रेजी साप्ताहिक । प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्याक भएको भएको छ । भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले नागरिकता विधेयकका सम्बन्धमा सार्वजनिक गरेको एक भिडियो सन्देश प्रधानमन्त्री ओलीको आधिकारिक ह्याण्डलबाट शुक्रबार साँझ रि–ट्वीट भएको हो । भारतमा विवादास्पद नागरिकता विधेयक सदनबाट पास भएपछि जनतामा आक्रोश फैलिरहेका बेला प्रधानमन्त्री ओलीको ट्वीटरबाट

इटहरीबाट बनभोजका लागि हिँडेको बस दुर्घटना

क्रेजी साप्ताहिक इटहरी । बनभोजको लागि इटहरीबाट भेडेटार हिडेको बस दुर्घटना भएको छ । इटहरीको बेबीलोन बोडिङ स्कुलको बस भित्तामा ठोकिएर दुर्घटना हुदा ९ जना विद्यार्थी घाईते भएको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । इटहरीको जनता क्याम्पस र ज्योती माविका विद्यार्थीहरु मिलेर पिकनिक गएको बस दुर्घटनामा परेको बताइएको छ

आगोमा जलेर एक जनाको मृत्यु

क्रेजी साप्ताहिक गुल्मी । आगोमा जलेर गुल्मीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ३ तोरीपाटामा गोठमा लागेको आगलागीमा परेर ४५ वर्षीय नरबहादुर नेपालीको मृत्यु भएको हो । स्थानीय चिन्ता बहादुर सार्कीको गोठमा गएराति आगो लागेको र सोही गोठमा सुतेका नरबहादुरको जलेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको जिल्ला

जलाउँदै गरेको शव प्रहरी नियन्त्रणमा

क्रेजी साप्ताहिक बारा । हत्या पछि जलाउँदै गरेको अवस्थामा बारामा एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए । श्रीमान श्रीमतीबिच झगडा हुँदा श्रीमतीलाई मारेर घरमै राखेको सूचना
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.