
‘आँधी तुफान–२’ को छायांकन सुरु
निषेधाज्ञाका कारण छायाँकन रोकिएका फिल्म अहिले धमाधम सुरु हुन थालेका छन् । यस्तैमा फिल्म ‘आँधी तुफान–२’को पनि छायांकन सुरु भएको छ । फिल्मको छायाँकन आइतबार काठमाडौंबाट सुरु भएको निर्देशक मदन घिमिरेले बताए । गत बैशाखमा शुभ–मुर्हूत सहित छायाँकनमा निस्किएको फिल्म कोरोनाको दोस्रो लहरका कारण ७ दिनमै रोकिन पुगेको थियो ।