दुई महिनापछि प्रसारणमा आउँदै ‘सक्किगोनी’

निषेधाज्ञा खुकुलो भएसँगै लोकप्रिय टेलिसिरियलहरूले आफ्नो नियमित प्रसारण सुरु गरेका छन् । निषेधाज्ञाले रोकिएका टेलिसिरियल ‘हर्के हल्दार’, ‘जुठे’ले नियमित प्रसारण सुरु गरिसकेका छन् । हास्य टेलिसिरियल ‘सक्किगोनी’ बिहीबारदेखि प्रसारणमा आउँदैछ । निषेधाज्ञा सुरु भएसँगै छायांकन रोकिँदा दुई महिना टेलिसिरियलको प्रसारण रोकिएको थियो । बिहीबारदेखि नयाँ कथामा प्रसारण हुन लागेको टेलिसिरियलका

गायक प्रेमध्वज प्रधानको निधन

वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो । छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षीय प्रधानको उपचारका क्रममा निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले अनलाइनखबरलाई जानकारी दिए ।

निःशुल्क अक्सिजन सिलिन्डर वितरण गर्दै पल

नेपाली म्यूजिक भिडियोका सफल मोडल तथा नायक पल शाहले कोरोनाका कारण बिरामीलाई अक्सिजनको अभाव भएको खबर सुनेपछि सहयोगको हात अगाडि बढाएका छन् । उनले, हाम्रो टिम नेपालसँगको सहकार्यमा अक्सिजन सिलिन्डर संकलन अभियान सुरु गरेका छन् । बुधबार उनले केही थान अक्सिजनसहितका सिलिन्डर संकलन र खरिद गरेर अस्पताललाई निःशुल्क वितरण गरेका

‘सक्किगोनी’ का कलाकार दीपकलाई कोरोना संक्रमण

हास्यश्रृखला ‘सक्किगोनी’ का कलाकार दीपक प्रसाद आचार्य (काकु) कोरोना संक्रमित भएका छन् । आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको आचार्यले सामाजिक सञ्जालबाट जानकारी गराएका हुन् ।  ‘गत बुधबार सक्किगोनीको सुटिङबाट फर्किएलगत्तै हल्का ज्वरो आउने र जिउ दुख्ने समस्या देखियो । यो बढ्दै गएपछि कोभिड टेष्ट गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएको छ’

मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना

हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमणका कारण उपचार गराइरहेका मदन केही दिन अगाडि अस्पतालबाट डिस्चार्ज भएका थिए । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि उनी घर फर्किएका थिए । तर, घर फर्किएको भोलीपल्टै अक्सिजनको तह कम भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । अहिले उनको

सरिता र दीपकलाई कोरोना संक्रमण

कोरोना महामारीको दोश्रो लहरसँगै नेपाली मनोरञ्जन क्षेत्रका केही कलाकार पनि संक्रमित भएका छन् । कलाकार मदनकृष्ण श्रेष्ठ, नायिका केकी अधिकारी कोरोना संक्रमणबाट मुक्त भैसकेका छन् । केही दिन अगाडि मात्र गायक प्रकाश सपुतले आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका थिए । यसैविच, कलाकार सरिता लामिछानेले पनि आफूलाई कोरोना पोजिटिभ

सरोज खनाललाई ‘उत्कृष्ट निर्देशक’को अवार्ड

काठमाडौंमा सम्पन्न भएको ‘नेपाल सर्ट फिल्म अवार्ड २०७७’मा नायक सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । यस्तै, प्रतियोगितामा ‘उत्कृष्र्ट सर्ट फिल्म’को अवार्ड भने तेजेन्द्र प्रसाद कँडेलको ‘देशमाथि’ले जितेको छ । स्टार वान इन्टरटेन्मेन्ट र विलक्षण क्रियनसले आयोजना गरेको ‘नेपाल सर्ट फिल्म प्रतियोगिता’मा १९ वटा सर्ट फिल्म सहभागी थिए ।

चुनौती चाँडै पार गर्न सकिने राजेशको आशा

नायक राजेश हमाल गतबर्ष नै चलचित्र ‘सत्यम्’को छायांकन सुरु गर्ने तयारीमा थिए । ४ बर्षपछि नेपाली चलचित्रमा फर्किन लागेका नायक हमालको यो चलचित्रको छायांकन विविध कारणले हुन सकेन । चलचित्रका लागि नायिका अझै फाइनल भएकी छैनन् । नायक राजेश हमालले भने यो चलचित्रका लागि तयारी तिव्र रुपमा थालेका थिए ।

हरिवंशको सन्देश–‘अर्को जुनी खै कुन्नी’

हाँस्य कलाकार तथा गायक हरिवंश आचार्य कोरोना महामारीको दोश्रो लहरको चपेटमा नेपाल समेत परेको अवस्थामा सन्देशमुलक गीत सार्वजनिक गरेका छन् । ४२ सेकेन्ड लामो उनको यो गीतले कोरोनाबाट बच्न र अरुलाई पनि बचाउन सन्देश दिएको छ । हरिवंशले अर्को जुनी कसैलाई पनि थाहा नभएको भन्दै यही जुनीमा कोरोनाबाट बच्नका लागि

निफ महोत्सवमा अनुराग

भारतीय चर्चित निर्देशक अनुराग कश्यपले आफ्नो फिल्मबारेको अनुभव सबैमाझ राख्ने भएका छन् । २३ वैशाखदेखि २७ सम्म आयोजना हुन लागेको चौथो निफ महोत्सवमा उनले आफ्नो फिल्मी अनुभव शेयर गर्न लागेका हुन् । चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुन लागेको महोत्सव उद्घाटन पछिको पहिलो सत्रमा उनले आफ्ना अनुभव बाँड्ने छन् ।