
‘छक्कापञ्जा ४’ ट्रेलर : नेपाली राजनीतिको गुण्डागर्दीदेखि हिरोगिरीसम्मलाई कटाक्ष
यस वर्षको प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा’को चौथो श्रृंखलाको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट २० सेकेण्ड लामो ट्रेलरले समसामयिक राजनीतिको प्रवृत्तिलाई कटाक्ष गर्छ । फिल्मको ट्रेलरले राजा नामक शीर्ष चरित्रले चारखाल सुधारगृहदेखि सिंहदरबारसम्म गरेको राजनीतिक यात्राको कथा वरपर फन्को मार्छ । चुनाव सुरु भएसँगै राजा नामक पात्र सुधार