दिनेश लिङ्देनको निर्देशनमा फिल्म ‘तलास २’ बन्ने

फाल्गुनन्द लिङ्देन र यल्लीवुड फिल्म्स्को संयुक्त लगानीमा फिल्म ‘तलास २’ निर्माण हुने भएको छ । हत्या, अपहरण र मानव बेचबिखनजस्ता घटनामा नेपाली महिलाले भोग्नुपरेको पीडाको कथावस्तुमा फिल्म बनाउन लागिएको हो । दिनेश लिङ्देनको निर्देशन रहने फिल्ममा रुद्र पाहिम, पुष्पाञ्जली तिलिङ, शैलेन्द्र नाल्बो, उदय सुब्बा, पूर्ण सेलिङ, राजु घिमिरे, अजय खडका,

‘ए साथी सुन’ले तोड्ला वर्षा सिवाकोटीको बक्स अफिस खडेरी ?

अभिनेत्री वर्षा सिवाकोटी यतिबेला बक्स अफिस हिटको खोजीमा छिन् । गत वैशाखमा रिलिज भएको उनी अभिनित ‘लक्का जवान’ र माघमा आएको ‘मनसँग मन’को व्यापारले उनलाई खुसी दिलाउन सकेनन् । यी दुवै फिल्म बक्स अफिसमा असफल रहे । चैत १० गते उनको अर्को फिल्म ‘ए साथी सुन’ प्रदर्शन तयारीमा छ ।

झिल्के एण्ड दि कम्पनीले नयाँ गीत ‘पन्छीहरू’ सार्वजनिक

नेपाली पप रक ब्याण्ड झिल्के एण्ड दि कम्पनीले नयाँ गीत ‘पन्छीहरू’को म्युजिक भिडियो सार्वजनिक गरेको छ । ३ वर्षदेखि नेपाली रक संगीत क्षेत्रमा सक्रिय ‘झिल्के एण्ड दि कम्पनी’को भिडियोमा प्रनब केसीको निर्देशन र पीभीइ नेटवर्कको प्रवर्द्धन छ । गीतमा स्टिभ देवानको स्वर छ ।प्रनब केसी र सुभेच्क्षा पौडेलको अभिनय रहेको

दीपेन्द्रको ‘नाङ्गो गाउँ’मा साम्राज्ञीको इन्ट्री

फिल्ममा यसअघि नै नायक दयाहाङ राई र नायिका मिरुना मगर फाइनल भैसकेका छन् । योसँगै निर्माणपक्षले कलाकारको लाइनअप पूरा गरेको छ । आलोक शुक्लाको छायाङ्कन रहने फिल्ममा शिशिर वाङ्देल, रविन्द्र झा, वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको समेत अभिनय रहनेछ । मनिुस्मा फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायाङ्कन

‘फूलबारी’ले हलमा फर्कायो दर्शक, मल्टिप्लेक्सले शो बढाए

विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्म ‘फूलबारी’लाई तीन दिन लामो सप्ताहन्त बिदाको फाइदा पुगेको छ । घरेलु बक्स अफिसमा ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्देशित यो फेमिली ड्रामाले सोमबारसम्म एक करोडभन्दा बढी ग्रस कलेक्सन गरिसकेको छ । मंगलबार ग्याल्पो ल्होसारको सार्वजनिक बिदाले फिल्मको कमाइमा थप उछाल आउने प्रक्षेपण छ । मंगलबार

छायांकन सुरु नहुँदै दीपक श्रेष्ठको फिल्म ‘हरियो ढुंगा’बाट बाहिरिए दयाहाङ

छायांकन सुरु नहुँदै अभिनेता दयाहाङ राई निर्देशक दीपक श्रेष्ठको आगामी फिल्म ‘हरियो ढुंगा’बाट बाहिरिएका छन् । उनलाई शीर्ष भूमिकामा अनुबन्धित गर्दै निर्माताले फिल्मको पुस २७ गते घोषणा गरेका थिए । छायांकन तालिका नमिलेपछि दयाहाङ बाहिरिएको निर्माण नियन्त्रक सुरज आचार्यले जानकारी दिए । फिल्मको नाम ‘हरियो ढुंगा’ राखिएपनि चलचित्र विकास बोर्डमा

‘प्रसाद २’ वैशाख १ मा नेपाल र अष्ट्रेलियामा एकैसाथ रिलिज हुने

विपिन कार्की र केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘प्रसाद २’ आगामी वैशाख १ गते नेपालसहित अष्ट्रेलियामा रिलिज हुने भएको छ । फिल्मको अष्ट्रेलिया प्रदर्शन अधिकार गोर्खे इन्टरटेनमेन्ट र नमस्ते इन्टरटेनमेन्टले खरिद गरेका छन् । प्रदर्शन अधिकारसम्बन्धी सम्झौतामा निर्माता सुवास थापा र वितरक रञ्जितराज वन्तबीच सम्झौता भएको छ । फिल्मलाई

रामबाबु गुरुङको ‘फूलबारी’ अष्ट्रेलियामा रिलिज हुँदै

नेपालमा राम्रो चर्चा बटुलेको फिल्म ‘फूलबारी’ डायस्पोराको ठूलो बजार अष्ट्रेलियामा समेत रिलिज हुने भएको छ । फेब्रुअरी २५ र २६ गते सिड्नीको ब्याक्स टाउनस्थित होयत्स हलबाट फिल्म रिलिज हुने भएको हो । त्यसपछि अष्ट्रेलियाब्यापी प्रदर्शनको तयारी भैरहेको वितरक रोशन भट्टराई र विनोद पौडेलले जानकारी दिए । १९ फ्रेबुअरीमा क्यानभरा, २०

दयाहाङलाई बैशाख १ को दबाब, ‘बिहे पास’को पोस्टर सेयर गर्दै ‘जारी’को पनि प्रचार

महाशिवरात्रीको अवसरमा दयाहाङ राईको शीर्ष भूमिका रहेको फिल्म ‘बिहे पास’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । नयाँवर्ष २०८० को वैशाख १ गते प्रदर्शन हुने फिल्मको पोस्टरमा राईसहित प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिशिर वाङ्देल, रवीन्द्र झा र रुषा न्यौपाने चित्रित छन् । प्रदर्शन मितिलाई ‘जन्त जाने दिन’ भन्ने स्लोगन दिइएको छ

फागुण १९ गते नेपाल संगै एक साथ मध्यपूर्वमा पनि पर्दशनी हुने छक्का पन्जा ४

नेपालसँगै नेपाली फिल्मलाई मध्यपूर्वका ६ वटा मुलुकमा एकसाथ रिलिज गर्न चलचित्र बिकास बोड र वितरक रमेश ढकाल बीच सम्झौता भए संगै चलचित्र छक्का पन्जा ४ फागुण १९ गते नेपाल संगै एक साथ मध्यपूर्वमा पनि पर्दशनी हुने भएको छ । चलचित्र विकास बोर्डले यूएईमा आयोजना गरेको नेपाल फिल्म फेस्टको समापनमा निप