भिडियोमा नायिकाहरुकै दबदबा बढ्यो, टिकटकबाट उदाएका धेरै छाँटिए

पहिलो चरणको लकडाउन लुज डाउनमा परिवर्तन भएसँगै नेपालमा म्यूजिक भिडियो निर्माणमा बाढी नै लाग्यो । म्यूजिक भिडियो निर्माण गर्नका लागि नाम चलेका केही कम्पनीदेखि नयाँ निर्माताले दिल खोलेर पैसा लगानी गरे । उसो त, लगानी गर्ने क्रम अहिले पनि कम भएको छैन । पहिलो चरणको लकडाउन सकिदासम्म म्युजिक भिडियोमा टिकटकमा

‘सम्झिनी पानी छम्किनी’ नाममा फिल्म बन्ने

कुनै पनि गीत हिट भएपछि त्यसको सिरिज बनाउने क्रम बढेको छ । तर, गायक तथा मोडल सम्राट चौलागाँइले भने आफ्नो हिट गीत ‘सम्झिनी पानी छम्किनी’को नाममा चलचित्र नै बनाउने तयारी गरेका छन् । करिब एक महिना अगाडि सार्वजनिक भएको यो गीतको तीज भर्सनलाई दर्शकले मन पराएका छन् । यो गीतलाई

‘एक्स ९’मा अनमोल र सौगातपछि पुष्पको इन्ट्री

नेपालकै पहिलो ठूलो क्यानभासमा बन्न लागेको एक्सन केन्द्रित चलचित्र ‘एक्स ९’मा नाम चलेका कलाकारहरुले संझौता गर्ने क्रम जारी छ । मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको यो चलचित्रमा नायक अनमोल केसी र सौगात मल्लको प्रवेश भैसकेको छ । जनवरीबाट यूरोपका विभिन्न देशमा छायांकन हुने चलचित्रमा अब अर्का नायक पुष्प खड्काको समेत

‘कफि बेबी’ उद्घाटन गर्न पुगिन् पूजा

नायिका पूजा शर्माले काठमाडौंका लाजिम्पाटमा संचालनमा आएको ‘कफि बेबी’को उद्घाटन गरेकी छिन् । पूजाले रिबन काटेर आजैबाट संचालनमा आएको ‘कफि बेबी’को उद्घाटन गरिन् । उनीसँगै, संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल पनि उद्घाटन कार्यक्रममा पुगेका थिए । पूजाले आफू कफि लभर नभएको बताइन् । तर, साथीहरुसँग कफि सपमा पुगेर

करिश्माले भनिन्– सुन्दरताले मात्र अभिनयमा टिकेको होइन

नेपाली चलचित्र क्षेत्रमा सदावहार सुन्दरीको रुपमा परिचित छिन् अभिनेत्रीको करिश्मा मानन्धर । अक्सर उनको सौन्दर्यको चर्चा हुने गर्दछ । अभिनयमा पनि राम्रो क्रेज बनाएर थुप्रै हिट फिल्म दिन सफल उनी जहाँ पुग्छिन् त्यहाँ सुन्दरताको चर्चा हुन्छ । शनिबार ‘अमिरा ब्युटी केयर’ को औपचारिक उद्घाटनमा पुगेकी करिश्माको शो समय पनि सुन्दरताको

कलाकार शम्भुराज थापाको निधन

कलाकार शम्भुराज थापाको कोरोना संक्रमणबाट निधन भएको छ । तीन दशकदेखि कलाकारितामा सक्रिय ५५ वर्षीय थापाको पाटन अस्पतालमा शनिबार बिहान निधन भएको कलाकार हरिवंश आचार्यले जानकारी दिए । थापालाई तीन साता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको हो

टिकटकमा जो पनि नाँचिरहेका छन्, कलाकारले फरक के दिने भनेर सोच्नुपर्छ : राजेश हमाल

नेपाली चलचित्रका सफल नायक राजेश हमालले अहिले टिकटकमा हरेक वर्गका मानिसहरुको आकर्षण देखेर आफू छक्क परेको बताएका छन् ।  एक कार्यक्रममा बोल्दै हमालले भने–‘हामीले चलचित्रमा काम गर्दाको समयमा कुनै स्थानिय बासिन्दालाई पृष्ठभूमीमा अभिनय गरिदिनुहोस् न भन्दा उहाँहरु लजाउनु हुन्थ्यो । तर, अहिले टिकटक देखेर म त छक्कै पर्छु । नातीदेखि

अभिनेत्री मनिषालाई कलाकार संघको मानार्थ सदस्यता

बलिउडमा चलचित्रमा समेत राम्रो पहिचान बनाउन सफल अभिनेत्री मनिषा कोइरालालाई चलचित्र कलाकार संघले सदस्यता प्रदान गरेको छ । संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा साउन २८ गते बसेको बैठकले उनलाई मानार्थ सदस्यता प्रदान गरेको हो । ख्यातिप्राप्त अभिनेत्री तथा समाजसेवी भएकोले कोइरालालाई सदस्यता प्रदान गरिएको संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले

फिल्म निर्माता चन्दन रोक्काको निधन

पुराना अभिनेता तथा फिल्म निर्माता चन्दन रोक्काको निधन भएको छ । रोक्काको बिहिबार बिहान शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा निधन भएको उनका भाइ नवराज रोक्काले जानकारी दिए । ५९ वर्षका रोक्का केही अगाडि कोरोना संक्रमित भएका थिए । एक साता अगाडि भने उनको कोरोना रिपोट नेगेटिभ आएको थियो

३१ दिनमा सकियो ‘आँधी तूफान २’ को छायाँकन

चलचित्र ‘आँधी तूफान २’ को छायाँकन सकिएको छ । बुधबारबाट चलचित्रको छायाँकन सकिएको लेखक तथा निर्माता मौनता श्रेष्ठले जानकारी दिए । कोरोनाका कारण यस चलचित्रको छायाँकन दुई चरणमा पुरा गरिएको हो । ‘निषेधाज्ञा अगाडि ७ दिनमात्र छायाँकन गर्न पाएका थियौं । अहिले २४ दिन गरी ३१ दिनमा छायाँकन पुरा गरेका