पथरीशनिश्चरेमा हात्तीपाईले रोग विरुद्धको आम औषधि सेवन अभियान

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकामा हात्तीपाईले रोग निवारण कार्यक्रम, आम औषधि सेवन अभियान २०७९ शुरु भएको छ । फागुन ११ गते पथरीशनिश्चरे नगरपालिकाको कार्यलयबाट सो अभियानको थालनि भएको हो । नगर प्रमुख मोहन तुम्वापो र उपप्रमुख देवीमाया काफ्लेले बिहान औषधि सेवन गरेर अभियानको थालनि भएको हो । अभियानको सुरुवात गर्दै

अन्तराष्ट्रिय गायन तथा नृत्य रियालिटी शो, विजेताले प्राप्त गर्ने छन् एक करोड

झापा । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को अडिसन हुने भएकोे छ । प्रदेश नम्बर १ को पुर्वी क्षेत्रका लागि झापाको दमक ९ स्थित श्री सरस्वती सेकेन्डरी स्कुलमा यहि फागुन २० र २१ गते अडिसन

अध्ययनको साथै अतिरिक्त क्रियाकलापमा पनि रेडस्टार अब्बल छ– प्रमुख तुम्वापो

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले वडा नं. २ मा स्थापित रेडस्टार अंग्रेजी माध्यमिक विद्यालय अध्ययनको साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको बताउनुभएको छ । आज विद्यालयको २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको प्रमुख अतिथि रहनुभएका नगर प्रमुख तुम्वापोले सो कुरा बताउनुभएको हो । वार्षिकोत्स्वको अवसरमा विद्यालयले

साल्पामा लर्डबुद्ध साकोसको २१ औं वार्षिकोत्सव

क्रेजी संवाददाता पथरीशनिश्चरे । पथरीशनिश्चरे–२ मा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिकोत्सव होटल साल्पामा सम्पन्न भएको छ । नगर प्रमुख मोहनप्रसाद तुम्वापोले संस्थाको २१ औं वार्षिकोत्सवको केक काटेर उद्घाटन गर्नुभएको थियो । उद्घाटनको क्रममा बोल्दै मेयर तुम्वापोले नगरभित्रका सहकारीको संचालनका लागि स्थानीय सहकारी ऐन बनाएर

गुणस्तर अभिवृद्धिमा देखिएका समस्या र समाधानका उपायहरु विषयक कार्यशाला

क्रेजी संवादाता पथरी। शैक्षिक गुणस्तर अभिवृद्धिमा देखिएका समस्या र समाधानका उपायहरु विषयक एकदिवसीय कार्यशाला संचालन भएको छ । मोरङको पथरीशनिश्चरे–१ मा २०६४ सालमा स्थापना भएर निरन्तर उच्च शिक्षा प्रदान गर्दै आईरहेको पथरी बहुमुखी क्याम्पसले मंगलबार कार्यशाला संचालन गरेको हो । विद्यार्थी गुणस्तर समूहद्वारा आयोजित कार्यशालामा विद्यार्थी गुणस्तर समूह, प्राध्यापक कर्मचारी

मोरङ हिसान खेलकुद सप्ताह, एथलेटिक्समा रेडस्टार प्रथम

क्रेजी संवाददाता विराटनगर । मोरङको विराटनगरमा हिसान मोरङद्वारा सप्ताह खेलकुद अन्तर्गत सोमबार सम्पन्न फुटबल प्रतियोगिताको उपाधि कोशी क्याम्पसले उचालेको छ । स्पोर्ट्स मिटको अन्तिम फाइनलमा कोशी क्याम्पसले मोडन एरा कलेजलाई ० को विरूद्ध २ गोलको अन्तरले पराजित गरी उपाधि जितेको हो । फाइनल खेलको म्यान अफ द म्याच कोशीका प्रदिप

हिमालको काखमा रहेको गुदेल माविको हिरक महोत्सव

पथरी। हिमालको काखमा रहेको सोलुखुम्बु जिल्लाको महाकुलुङ – ४ गुदेल स्थित श्री गुदेल माविले ६० औं वर्ष पूरा गरेको उपलक्ष्यमा हिरक महोत्सव मनाएको छ । बिहिबार सरस्वती पुजाको विशेष अवसरमा आयोजना भएको हिरक महोत्सव आज विविध कार्यक्रमका साथ सम्पन्न हुने भएको हो । पाँच दिन सम्म विभिन्न खेलकुद लगायका कार्यक्रमहरु

सोलुदुधकुण्ड नगरपालिका ६ को वडा कार्यालय भवन उद्घाटन

पथरी। सोलुदुधकुण्ड वडा नम्बर ६ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन भएको छ । पहिले भाडाको कोठामा संचालन हुदै आएको वडा कार्यलय बुधबार दोर्पुमा उद्घाटन भए संगै सोलुदुधकुण्ड नगरकै पहिलो नवर्निमित भवन बन्न पुगेको छ । कार्यलयलाई प्रदेश १ का समाजिक विकास मन्त्री बुद्धि कुमार राजभण्डारी, जिल्ला समन्वय समितिका प्रमुख

पथरीशनिश्चरे वडा नं. ३ मा येले तङ्वेको उद्घाटन

क्रेजी समाचारदाता पथरी । पथरीशनिश्चरे वडा नं. ३ मा ‘अनेकतामा एकता, मुन्धुमीहरुको मौलिक’ भन्ने मूल नाराका साथ येले तङ्वे ५०८३ उद्घाटन भएको छ । शुक्रबार नगर प्रमुख मोहनप्रसाद तुम्वापोले रिवन काटेर येले तङ्वे मेलाको उद्घाटन गर्नुभएको थियो । येले मेला व्यवस्थापन समितिको आयोजना भएको सो मेला सुन्दरीचौकमा तीन दिनसम्म लाग्ने

पथरीशनिश्चरे वडा नं. ८ मा जग्गा धनी प्रमाण पुर्जा वितरण

क्रेजी समाचारदाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ८ मा ११ जनालाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको छ । आज वडा कार्यालयमा राष्ट्रिय भूमी आयोग जिल्ला समिति मोरङको अध्यक्ष सुसिला घिमिरे, सदस्य सचिव सुदिप श्रेष्ठ, वडा अध्यक्ष नवीन कार्की, वडा सदस्यहरू झमकबहादुर लिम्बु र शान्ता योङ्हाङ लगायतको उपस्थितिमा पुर्जा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.