कानेपोखरी गाउँपालिकाद्वारा उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान

क्रेजी समाचारदाता कानेपोखरी । कानेपोखरी गाउँपालिकाले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र सामुदायिक विद्यालयलाई सम्मान, पुरस्कृत साथै प्राविधिक धारका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । सोमबार गाउँपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी २०८१ मा उत्तीर्ण भएका विभिन्न कक्षाका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो । कानेपोखरी गाउँपालिकाको ‘प्राविधिक विधामा रोजगारी, कानेपोखरीका

सार्वजानिक व्यायमशालाको उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रमुख मोहन प्रसाद तुम्वापोले सार्वजानिक व्यायमशालाको उद्घाटन गर्नुभएको छ । आज पथरी शनिश्चरे नगरपालिका वडा नं. २ को लगानीमा सुन्दर सामुदायिक वन क्षेत्र स्वागत टोलमा सार्वजानिक व्यायमशालाको उद्घाटन गरिएको हो । नगर प्रमुख तुम्वापोले रिबन काटेर र कम्मर मर्काउने व्यायम गरेर

प्रशासनिक भवनको सिडियोद्वारा अनुगमन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको निर्माणाधीन प्रशासनिक भवनको मोरङ प्रमुख जिल्ला अधिकारी (सिडियो) इन्द्रदेव यादवले अनुगमन गर्नुभएको छ । मंगलबार पथरी शनिश्चरे नगरपालिका वडा नं. १० मा अवस्थित निर्माणाधीन प्रशासनिक भवनको प्रमुख जिल्ला अधिकारी यादवले अनुगमन गर्नुभएको हो । यस्तैगरी वडा नं. १० कै आर.सी.ओ. भवनको पनि

एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई पुरस्कार वितरण

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ बुद्धचौकमा अवस्थित वाल्मीकि मेमोरियल आवासीय माध्यमिक विद्यालयले एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको छ । परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थीलाई नगद रु. एक लाखको दरले पुरस्कार प्रदान गरेको छ । सोमबार हरियाली सामुदायिक वनको सभा हलमा एक भव्य कार्यक्रमका

नगरद्वारा विभिन्न योजनाहरुको अनुगमन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देवीमाया काफ्लेको संयोजकत्वमा नगरका विभिन्न सम्पन्न भएका योजनाहरुको अनुगमन गरिएको छ । आइतबार प्राविधिक सहित विभिन्न वडामा पुगेर उप–मेयरले सडक, सामुदायिक विद्यालय, पुल, सामुदायिक भवन, गुम्बाको अनुगमन गर्नुभएको हो । उप–प्रमुख काफ्लेले ठेक्का सम्झौताअनुसार काम भए÷ नभएको

बंगुरपालक कृषकलाई लक्षित अभिमुखीकरण कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाको आयोजनामा बंगुरपालक कृषक र सरोकारवालाबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा बंगुर पालनसम्बन्धी फाम व्यवस्थापन र जैविक सुरक्षाका विषयमा जानकारी दिइएको थियो । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख मोहन प्रसाद तुम्वापो, विशेष

राष्ट्रिय वृक्षरोपण तथा लाहा खेती प्रवद्र्धन कार्यक्रम

क्रेजी समाचारदाता पथरी । मोरङको पथरी शनिश्चरेमा राष्ट्रिय वृक्षरोपण तथा लाहा खेती प्रवद्र्धन कार्यक्रम–२०८२ सम्पन्न भएको छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा पथरी शनिश्चरे–१० मा स्थापित श्री पशुपति सामुदायिक वन उपभोक्ता समूहले लाहा खेती प्रवद्र्धनका लागि विशेष कार्यक्रम आयोजना गर्दै व्यवसायिक लाहा खेतीको थालनी गरेको हो । शनिबार भएको कार्यक्रममा

कानेपोखरी गाउँपालिकाको १८ औं गाउँसभा प्रारम्भ

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाको १८ औं गाउँसभाको पहिलो बैठक सम्पन्न भएको छ । बैठकमार्फत गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/ ०८३ लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । सभामा गाउँपालिका अध्यक्ष राजमती इङ्नामले १०४ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रम पाँचवटा

पथरी शनिश्चरे नगरपालिकाको सत्रौं नगरसभा सम्पन्न

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको सत्रौं नगरसभा आज सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०८२।०८३ को वार्षिक नीति, कार्यक्रम तथा बजेट सर्वसहमतिमा पारित गरेको छ । सभाध्यक्ष तथा नगर प्रमुख मोहन प्रसाद तुम्वापोकोले नगरसभा समक्ष पेश गर्नुभएको नीति, कार्यक्रम तथा बजेट सर्वसहमतिमा पारित भएको हो ।

नगर प्रमुख तुम्वापोद्वारा मित्रता क्याम्पको उद्घाटन

क्रेजी संवाददाता पथरी । नेपाल स्काउट रेड स्टार स्काउट दल पथरी शनिश्चरेको प्रथम मित्रता क्याम्पको नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गर्नुभएको छ । शुक्रबार तुम्वापोले पथरी शनिश्चरे–२ शान्ति चौकमा स्थापित रेडस्टार अंग्रेजी स्कुलमा झण्डातोलन गरी स्काउटको प्रथम मित्रता क्याम्पको उद्घाटन गर्नुभएको हो । स्कुलमा अध्ययनरत ६८ जना विद्यार्थीले स्काउटको
Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.