हलमा ‘कठपुतली’, नेपाली बक्स अफिसलाई चलायमान बनाउने अपेक्षा
गत हप्ता रिलिज भएको नेपाली चलचित्र ‘चुरीफुरी’ले बक्स अफिसमा खराब शुरुआत गरेपछि धेरैको ध्यान शुक्रबार रिलिज भएको चलचित्र ‘कठपुतली’मा छ । भीमसेन लामाको निर्देशन र पृथ्वी रानाको निर्माणमा तयार भएको यो चलचित्रले बक्स अफिसमा आशा जगाउने धेरैको अपेक्षा छ । चलचित्रको शुक्रबारको बुकिङ हेर्दा चलचित्रले केही मात्रामा आशा जगाएको देख्न


