अनेसासका निवर्तमान अध्यक्ष पौडेलले ल्याए मर्मस्पर्शी गीत ‘साइकलमा’

साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का निवर्तमान अध्यक्ष प्रकाश पौडेल ‘माइला’को शब्द रहेको गीत ‘साइकलमा’ सार्वजनिक भएको छ । उक्त गीतको सांगीतिक भिडियो गायक तथा संगीतकार वसन्त थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । लामो समयदेखि जापानमा रहेर साहित्यसेवामा समर्पित पौडेलको रचनामा गायक थापा र गायिका अस्मिता अधिकारीले स्वर

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । शनिवार काठमाडौँमा सम्पन्न संघको १९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो । निरौलाले अध्यक्ष पदकी निकटतम प्रत्यासी रेजिना उप्रेतीलाई २६ मतले हराए । कूल खसेको मत ४६८ मध्ये निरौलाले २३५ मत प्राप्त गरे भने उप्रेतीले २०९ मत प्राप्त गरिन्

हलमा लाग्यो हलिउड सुपरहिरो फिल्म ‘साजम : फ्युरी अफ द गड्स’

डीसी कमिक्समा आधारित हलिउड सुपरहिरो फिल्म ‘साजम : फ्युरी अफ द गड्स’ शुक्रबारदेखि नेपाली हलमा रिलिज भएको छ । घरेलु फिल्म ‘छक्कापञ्जा ४’को दबदबा कायम रहँदा रिलिज भएको वार्नर ब्रोज स्टुडियोको यो फिल्मले नेपाली मल्टिप्लेक्समा औसत अकुपेन्सीसहित ओपनिङ गरेको छ । डीसी कमिक्सको चर्चित पात्र ‘साजम’मा आधारित रहेको फिल्मले समीक्षकबाट

‘नेपाली फिल्मले बेइजिङ र बलिउडलाई पछ्याउने होइन’

बेइजिङ फिल्म एकेडेमीकी प्राध्यापक तथा फिल्म विश्लेषक ली रान यतिबेला काठमाडौंमा छिन् । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको छैटौं संस्करणको प्रमुख जुरीको रुपमा सहभागी हुन काठमाडौं आइपुगेकी उनले केही दिनदेखि नेपाली फिल्म र डकुमेन्ट्री अवलोकन गरिरहेकी छन् । फिल्ममा मौलिक दृश्यभाषाको पक्षमा वकालत गर्ने उनी नेपालले आफ्नै ‘सिनेम्याटिक ल्याङ्ग्वेज’ बनाउनुपर्ने खाँचो

हरिवंशको ‘काउली’ गीतमा चेलीबेटी बेचबिखनविरुद्धको सन्देश

अभिनेता तथा गायक हरिवंश आचार्यले चेलीबेटी बेचबिखनविरुद्धको सन्देशसहित नयाँ गीत ‘काउली’ दर्शकमाझ ल्याएका छन् । आचार्यकै शब्द, संगीत र स्वर रहेको गीतमा अहिलेकी चर्चित गायिका शान्तिश्री परियारको समेत आवाज छ । भिडियोमा आचार्यसहित प्रकाश सपुत र प्रियंका कार्की पनि फिचर्ड छन् । गीतको भिडियोमा चेलीबेटी बेचबिखनविरुद्धको सन्देश दिन खोजिएको छ

‘ज्याकी : आइटम ट्वान्टी वान’को मौलिक गीत ‘कथा’मा रोमान्टिक धीरज र जसिता

तपाईंलाई गायनमा आधारित प्रेमकथामा रुचि छ भने फिल्म ‘ज्याकी : आईएम ट्वान्टी वान’ खास हुन सक्छ । घरेलु फिल्मको नृत्य निर्देशनमा कहलिएकी रेनशा राई निर्देशित फिल्म हुने बित्तिकै नृत्य विशेष हुने भइहाल्यो । यो डान्स ड्रामा फिल्मको केन्द्रीय कथावस्तु नै शीर्ष पात्रले नृत्यमा अब्बल बन्न गर्ने संघर्ष हो । यही

लोकगायक राजेन्द्र लम्सालको शव काठमाडौं ल्याइयो, श्रद्धाञ्जलीका लागि पशुपतिमा राखिने

लोकगायक राजेन्द्र लम्सालको पार्थिव शरीरलाई शुक्रबार स्पेनबाट नेपाल ल्याइएको छ । मध्यान्ह ल्याइपुयाइएको शवलाई बुझ्न लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरसहितका कलाकार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । लम्सालको शवलाई आजै (शुक्रबार) पशुपतिको विद्युतीय गृहमा अन्त्येष्टि गरिने उनका भाञ्जा तथा प्रतिष्ठानका महासचिव शिव हमालले जानकारी दिए ।

‘टुल्की’ जेठमा रिलिज हुने

फिल्म ‘टुल्की’ अगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माता शेखर लामाले फिल्मको प्राविधिक कार्यमा अझै केही समय लाग्ने भएकोले फिल्मको रिलिज जेठमा पु¥याएको बताए । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामाथि बनेको फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह

हिन्दी चलचित्रको छायांकन नेपालमा

विदेशमा धेरै नेपाली चलचित्रको छायांकन भइरहेका बेला नेपालको आफ्नै प्राकृतिक सौन्दर्य र समृद्ध सांस्कृतिक सम्पदाले यहाँ छायांकन गर्न विदेशी चलचित्र तथा वृत्तचित्रका निर्मातालाई आकर्षित गर्दै आएको छ । त्यति मात्र होइन विभिन्न टेलिभिजन विज्ञापन (टिभिसी) को पनि नेपालमा छायांकन गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयको तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष

रवि ओडको ‘ओई मेरी रामप्यारी’ मा सुशान्त र लोसिनाको रोमान्स

‘नेपाल आइडल सिजन २’ का विजेता गायक रवि ओडको स्वर रहेको गीत ‘ओई मेरी रामप्यारी’ सार्वजनिक भएको छ । हर्क साउँदको शब्द र एसडी योगीको संगीत रहेको गीतमा रिकेश गुरुङको एरेञ्ज छ । भिडियोमा अभिनेता सुशान्त कार्की र लोसिना लामिछानेको अभिनय छ । केही समयको अष्ट्रेलिया बसाईपछि नेपाल फर्किएका अभिनेता
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.