बर्लिन फिल्म फेस्टिभलमा फर्कियो ‘स्टारडम’

कोभिड महामारीपछि पहिलोपटक विश्व प्रतिष्ठित बर्लिन फिल्म फेस्टिभल भौतिकरुपमै आयोजना गरिएको छ । जर्मनीको यो चर्चित सहरमा विश्व स्टारहरुले ‘स्टारडम’ प्रस्तुत गरेका छन् । यसअघिका दुई संस्करण भर्चुअलरुपमा गरिएको थियो । यसवर्ष, रेबेका मिलरको पछिल्लो फिल्म ‘सी कम टु मी’ प्रिमियरसँगै बर्लिनको ७३ औं संस्करण सुरु भयो । यो फिल्ममा

पूर्वमिस नेपाल श्रृंखला र सम्भवबीच प्रेम चर्चा

पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँबीच केही समय प्रेमको चर्चा चल्यो । मिस वल्र्डमा भाग लिने समयदेखि नै सिसन र श्रृंखला निकट भए । देश–विदेशमा घुम्नदेखि सामाजिक सञ्जालमा मायालाई अभिव्यक्तसम्म गरे । तर केही महिनाअघि एकले अर्कोलाई इन्स्टाग्राममा अनफलो गरेपछि यी दुईबीच सम्बन्धमा ठिकठाक नरहेको चर्चा चल्यो ।

चलचित्र पत्रकार संघमा चुनावी सरगर्मी : यी हुन् अध्यक्षका आकांक्षी

आगामी फागुन १७ गते आयोजना हुने चलचित्र पत्रकार संघको नवौं महाधिवेशनलाई लिएर चुनावी सरगर्मी बढेको छ । १७ सदस्यीय कार्यसमितिका लागि उम्मेदवारका आकांक्षीबीच भोट माग्दै मतदाता रिझाउन होड चलेको छ । अध्यक्ष पदमा राजन घिमिरे र विष्णु सुवेदीले उम्मेदवारी घोषणा गर्दै आफ्नो दाबी पेश गरिरहेका छन् । अध्यक्षको आकांक्षीमा तत्कालिन

अमेरिकी र्यापर आर केली चाइल्ड पोर्नोग्राफीमा दोषी ठहर, २० वर्षको जेल सजाय

अमेरिकी सङ्गीत उद्योगका चर्चित गायक आर. केलीलाई शिकागोको सङ्घीय अदालतले बाल यौन अपराधमा २० वर्षको जेल सजाय सुनाएको छ । ५६ वर्षीय गायक रोबर्ट सिल्भेस्टर केलीविरुद्ध सन् २०१९ मा दायर गरिएका १३ आरोपमध्ये ६ मा दोषी ठहर गरियो । यी आरोपमा नाबालिगलाई यौन क्रियाकलापमा संलग्न गराएको तीन मुद्दा र यौन

गायक हिमाल सागरको ‘मै राजा तिमी रानी’ मा मिस पवी

गायक हिमाल सागरको मै राजा तिमी रानी बोलको गीतको भिडियो रिलिज गरिएको छ । सन्तोष दाहालको शब्द तथा विशाल निरौलाको संगीत तथा एरेन्ज रहेको गीतमा पुष्कर खत्रीको मिक्स र मास्टरिङ रहेको छ । भिडियोमा हिमाल सागरसँग टिकटकबाट चर्चा कमाएकी मिस पवीको अभिनय देख्न सकिन्छ । एक सफल प्रेम कथालाई नजिकबाट

टिभी रियालिटी शो ‘सेफ नेपाल’को छायांकन जनकपुरदेखि सुरु

पाककलामा आधारित टेलिभिजन रियालिटी शो ‘सेफ नेपाल’को छायांकन जनकपुरदेखि सुरु भएको छ । प्रसिद्ध जानकी मन्दिरमा दर्शन गर्दै शोको छायांकन सुरु भएको हो । निर्माता धर्मराज पाण्डे, सेफ सन्तोष शाह, गणेश ढकाल र भान्से लक्ष्मण भण्डारीसहितले मन्दिरमा पूजाअर्चना गर्दै छायांकन सुरु भएको हो । सेफ सन्तोष शाह तथा अन्य सेफको

फिल्म ‘जय हो’मा जोडिइन निशा अधिकारी

टेक पौरखी राईको निर्देशनमा छायांकन हुन लागेको फिल्म ‘जय हो’को शीर्षमध्येको एक भूमिकामा अभिनेत्री निशा अधिकारी अनुबन्धित भएकी छन् । फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेत र अधिकारबीच लिखित सहमति भएको छ । अधिकारी अभिनित पछिल्लो फिल्म ‘म’ साउनमा रिलिज भएको थियो । उनले हालै ‘आँखा’को छायांकन सकेकी छन् ।फिल्ममा यसअघि नै

‘मेरो गाउँ, मेरो ठाउँ’ डकुमेन्ट्री प्रतियोगिता हुने

‘वि विल राइज’ फाउण्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ २०२३ को दोस्रो संस्करणका लागि भिडियो आह्वान गरेको छ । फाउण्डेसनले ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आगामी वैशाख २१ गतेसम्मका लागि भिडियो पठाउन आग्रह गरेको हो। विजेता प्रतियोगीको घोषणा जेठ १३ गते हुने जनाइएको छ । पर्यटकीय

बाँसुरीवादक मनोज सिंह नेवाले टर्की र सिरियाका भूकम्प पीडितका लागि कन्सर्ट गर्ने

विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामीमा मनोनित नेपाली बाँसुरीवादक मनोज सिंह नेवाले टर्की र सिरियाका भूकम्प पीडितको सहयोगार्थ कन्सर्ट गर्ने भएका छन् । फागुन २७ गते ‘सम्झना’ नाममा उनले ललितपुरको झम्सिखेलस्थित मोक्षमा च्यारिटी कन्सर्ट गर्ने भएका हुन् । सामाजिक सञ्जालबाट वक्तव्य जारी गर्दै नेवाले कन्सर्टबाट संकलित रकम भूकम्प प्रभावित क्षेत्रमा पठाइने

नेफ्टामा नयाँ कार्यसमिति चयन, यी हुन् नवनिर्वाचित पदाधिकारी र सदस्य

पुष्कर लामाको नेतृत्वमा चलचित्र प्राविधिक संघ (नेफ्टा)को नयाँ कार्यसमिति निर्वाचित भएको छ । बिहीबार काठमाडौंमा सम्पन्न संस्थाको बीसौं साधारणसभामा अध्यक्ष, महासचिव र कोषाध्यक्ष निर्विरोध निर्वाचित भए भने अन्य पदका लागि निर्वाचन भयो । चुनावपछि अधिकांश नयाँ अनुहार नेफ्टाको कार्यसमितिमा भित्रिएका छन् । उपाध्यक्षमा दुर्गाप्रसाद पौडेल र अर्जुनप्रसाद पोखरेल निर्वाचित भए
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.