भारतीय मिडियाले भन्यो– ‘थ्री लवर्स’ की प्रियंका कार्की याद छ ?

भारतीय अनलाईन मिडिया अमर उजालाले नेपाली अभिनेत्री प्रियंका कार्कीको चर्चा गरेको छ । ’‘थ्री लवर्स’की प्रियंका कार्की याद है ?’ शीर्षकका मिडियाले प्रियंकाको अभिनयको चर्चा गरेको हो । अनलाइनले प्रियंकाको केही तस्बिर भिडियोको रुपमा प्रयोग गर्दै रिपोर्ट बनाएको छ । जसमा नेपाली अभिनेत्री प्रियंका कार्कीले २७ फेब्रुअरीमा आफ्नो जन्मदिन मनाइरहेको

शिल्पाले जितिन् छवि विरुद्धको मुद्दा, अब छविको आधा सम्पति पाउने

अभिनेत्री शिल्पा पोखरेलले पछि छविराज ओझा विरुद्धको मुद्दा जितेकी छन् । काठमाडौं जिल्ला अदालतले शिल्पालाई छविले आधा सम्पत्ति दिने फैसला सुनाएको हो । योसँगै उनीहरुबीच कानुनी रुपमा डिभोर्स समेत भएको छ । शिल्पाले छविसँग सम्बन्ध विच्छेद र माना चामलको मुद्दा हालेकी थिइन् । अब छविले शिल्पालाई आधा सम्पत्ति दिनुपर्नेछ भने

पलको सफाइ पाएपछि पूजाले भनिन्, ‘सबै कुरा सुन्दर भएर आयो’

नाबालिगमाथि जबरजस्ती करणी गरेको मुद्दामा कलाकार पल शाहले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका छन् । पलको सफाइसँगै सामाजिक संजालमा कलाकारले विभिन्न प्रतिक्रिया व्यक्त गरिरहेका छन् । यस्तैमा अभिनेत्री पूजा शर्माले पलले सफाइ पाउँदा खुसी व्यक्त गरेकी छन् । उनले पलको सफाइसँगै सबै कुरा सुन्दर भएर आएको बताएकी हुन् ।

कलाकारलाई कटाक्ष गर्दै ‘छक्कापञ्जा ४’ ले ल्यायो माग्ने बुढाको स्वरमा गीत

शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्म ‘छक्कापञ्जा ४’ले केदारप्रसाद घिमिरे माग्नेबुढाको स्वरमा प्रवद्र्धन गीत ल्याएको छ । जसमा फिल्मका शीर्ष सबै कलाकारलाई व्यंग्य गरिएको छ । अहिलेसम्म अविवाहित दीपाश्रीदेखि दीपकराज गिरीसम्मको ढल्किंदो उमेरलाई गीतमा कटाक्ष गरिएको छ । अभिनेत्रीहरु बेनिशा हमाल, मलिना जोशी र स्वस्तिमा खड्कालाई पनि गीतमा कटाक्ष गरिएको छ

मिसेल योह बनिन् साग जित्ने पहिलो एसियाली अभिनेत्री, ओस्कारमा के होला ?

‘एभ्रिथिङ एभ्रिवेयर अल एट वन्स’ स्टार मिसेल योहले हलिउडको प्रतिष्ठित अवार्ड स्क्रिन एक्टर्स (साग)मा सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार जितेर इतिहास रचेकी छन् । यो जितसँगै उनी साग अवार्ड जित्ने पहिलो एसियाली अभिनेत्री बनेकी छन् । यो जितसँगै आगामी महिना हुने ओस्कार अवार्डमा उक्त फिल्म र अभिनेत्रीको रुपमा योहको सम्भावना बलियो बनेको

वैशाखदेखि फिल्म निर्माण तथा निर्देशन गर्दै प्रकाश सपुत

पहिलो फिल्म ‘परदेशी २’ रिलिज नहुँदै गायक तथा अभिनेता प्रकाश सपुत एक फिल्म निर्माणको गृहकार्यमा जुटेका छन् । वैशाखमा उनले फिल्म घोषणा गर्ने तयारी गरेका छन् । यसैसाता धादिङमा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं महाधिवेशनको क्रममा उनले यसबारे सञ्चारकर्मीलाई जानकारी गराएका हुन् । प्रतिष्ठानको केन्द्रीय सचिवमा निर्वाचित सपुतले

दोस्रो सप्ताहान्तमै खस्कियो ‘एन्टम्यान ३’, मार्वल स्टुडियोको संकट सुरु भएकै हो ?

मार्वल स्टुडियोको चर्चित हलिउड फिल्म ‘एन्ट म्यान एण्ड द वास्प : क्वान्टुमेनिया’ले पहिलो साता बक्स अफिसमा राम्रो कमायो । पल रड स्टारर मार्वल फिल्मको टिकट बिक्री १०५ मिलियन डलरबाट ६९ प्रतिशतले कमी भएको छ, जुन फ्रेन्चाइजीको इतिहासमा सबैभन्दा ठूलो दोस्रो सप्ताहन्तको गिरावट हो । फिल्मको यो पतनले विश्लेषक र विज्ञबीच

कलाकार बीएस राणाकी पत्नी र छोरीको उद्धार, स्नेही काखले आश्रय दिने

अभिनेता सविन श्रेष्ठसहित केही फिल्मकर्मीको पहलमा स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीलाई गोलढुंगाबाट उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको छ । नेपाल स्नेही काख नामक संस्थाले उद्धार गरेर सोमबार बेलुका सातदोबाटोस्थित एक मानसिक अस्पतालमा उनीहरुलाई राखेको छ । उनीहरुलाई सोही संस्थाले आश्रय समेत दिने भएको छ । बसन्ती,

आठ वर्षपछि ‘मेरी बास्सै’मा माग्ने बुढा

गत महिना मात्र लामो समय प्रसारणको रेकर्ड राखेको टेलिभिजन सिरिज ‘मेरी बास्सै’मा माग्ने बुढा पात्रको पुनरागमन भएको छ । मंगलबार राति नेपाल टेलिभिजनबाट प्रसारण हुने उक्त सिरिजमा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’कै रोलमा प्रस्तुत हुनेछन् । आठ वर्षपछि अभिनेता घिमिरे ‘मेरी बास्सै’मा देखिने भएका हुन् । दर्शकले एक एपिसोडमा भएपनि माग्ने

‘छक्कापञ्जा ४’ भर्सेस ‘छड्के २’ : मल्टिप्लेक्समा ६०–४० प्रतिशतको अनुपातमा शो बाँडफाँट

आगामी शुक्रबार नेपाली बक्स अफिसमा यस वर्षको ‘हेभीवेट’ भिडन्त हुँदैछ । दीपकराज गिरी स्टारर ‘छक्कापञ्जा ४’ र अनमोल केसी स्टारर ‘छड्के २’ आमनेसामने हुँदैछन् । प्रदर्शन हुन तीन दिन बाँकी रहँदा प्रमुख मल्टिप्लेक्सले सोमबार बेलुका यी दुवैको शो तालिका सार्वजनिक गरेका छन् । सार्वजनिक तालिकाअनुसार ‘छक्कापञ्जा ४’लाई ६० प्रतिशत र
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.