हावाहुरीबाट प्रभावित ३३ घर परिवारलाई गर्यो वडाले आर्थिक सहयोग

ईस्वर दुलाल शनिश्चरे । जेठ १२ गते आएको हावाहुरीबाट प्रभाबित भएका वडाका ३३ घर परिवारलाई पथरी शनिश्चरे वडा न. ४ ले राहत स्वरुप आर्थिक सहयोग गरेको छ । सामान्य क्षति भएका परिवारलाई दुई हजार, आंशिक क्षेति भएकालाई तीन हजार र पूर्णरुपमा क्षति भएका परिवारलाई ५ हजारका दरले जम्मा एकलाख दशहजार

नसर्ने रोगको रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ईस्वर दुलाल शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा नसर्ने रोगको रोकथाम सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिका नगर स्वlस्थ्य सह-संयोजक जगत मगरले नियमित स्वास्थ जाँच गर्न जरुरी रहेको जसले गर्दा कसलाई के रोग लागेको छ भन्ने कुरा थाहा हुने बताए । अहिले नसर्ने

पथरी शनिश्चरे वडा न. ८ द्वारा साईकल तथा ह्विल चियर वितरण

ईस्वर दुलाल शनिश्चरे । मोरङको पथरी शनिश्चरे– ८ ले न्यून आयस्रोत भएका ६ जना शारीरिक अशक्तहरुलाई साईकल तथा ह्विल चियर प्रदान गरेको छ । सोमबार वडाले दुई जना पूर्ण शारीरिक अशक्तलाई ह्विल चियर र चार जना आंशिक शारीरिक अशक्तहरुलाई साईकल वितरण गरेको हो । पूर्ण शारीरिक अशक्त फिगलाल लिम्बु र

पथरी शनिश्चरे नगरद्वारा एक सञ्चार संस्था र सञ्चारकर्मी पुरस्कृत

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले आफ्नो नगरको सञ्चार क्षेत्रको प्रवद्र्धन कार्यक्रम अन्तर्गत एक सञ्चार संस्था र एक जना सञ्चारकर्मीलाई उत्कृष्ठ पुरस्कार प्रदान गरेको छ । सोमबार वि.सं. २०६४ सालदेखि प्रकाशित अनमोलमणि साप्ताहिकलाई नगद रु. २५ हजार सहित ‘उत्कृष्ट सञ्चार माध्यम पुरस्कार २०७७’ प्रदान गरिएको छ ।

रोटरी क्लब अफ विराटनगर मिटडाउनको पदस्थापन

क्रेजी साप्ताहिक विराटनगर । रोटरी क्बल विराटनगर मिडटाउनको १९ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विराटनगरस्थित एसेटिक होटलमा एक कार्यक्रम आयोजना गरि पदस्थापन कार्यक्रम भएको हो । रोटरी क्बल विराटनगर मिटडाउनको अध्यक्षमा युवा उद्योगी तथा पर्यटन ब्यवसायी पुन्य भट्टराई हुनुभएको छ । भट्टराई सन् २०२०÷२०२१ को लागि रोटरी क्बल

सोमबारे बजारको हाट लाग्ने स्थानमा टहरा निर्माण

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे–८ मा अवस्थित सोमबारे बजारको हाट लाग्ने स्थानमा नयाँ टहरा निर्माण कार्य सम्पन्न भएको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ की सांसद कृष्णकुमारी राईको अगुवाईमा प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको १० लाख रुपैयाँको लागतमा ५२ मिटर लम्वाई र १२ फुट चौडाईको टहरा निर्माण

प्रदेश नं. १ मा थपिए ३८ नयाँ कोरोना सक्रमित

क्रेजी साप्ताहिक विराटनगर । प्रदेश नं १ मा शुक्रबार ३८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । यसरी संक्रमित हुनेमा चार महिला र ३४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा पाँच÷पाँच जनामा कोभिड–१९ पोजेटिभ रिपोर्ट देखिको छ । झापाको मेचीनगरमा १४,

पथरी शनिश्चरेका नगर प्रहरीहरुलाई दज्र्यानी चिन्ह प्रदान

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरपालिकाले नियुक्त गरेका नगर प्रहरीहरुलाई आज दज्र्यानी चिन्ह प्रदान गरिएको छ । नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, वडाध्यक्षहरु बाबुराम एङदेन, जयबहादुर तामाङ सहितले दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । उक्त अवसरमा बोल्दै नगर प्रमुख राई र

बन्चरो प्रहार गरी बुवाको हत्या

क्रेजी साप्ताहिक विराटनगर । बन्चरो प्रहार गरेर मोरङको जहदा गाउँपालिका–५ मा नाबालक छोराले बुवाको हत्या गरेको घटना बाहिर आएको छ । पारिवारिक विवादका क्रमममा १५ वर्षीय छोराले बुवा ४० वर्षीय विर्जु टुडुको हत्या गरेका हुन् । शनिबार बिहान छोराले टाउकोमा बन्चरो प्रहार गरेर शनिबार बुवालाई घाइते बनाएको खुलेको मोरङ प्रहरी

कुशे जनसेवा समाज हङकङद्वारा सर्जहाङलाई आर्थिक सहयोग

क्रेजी साप्ताहिक पथरी । कुशे जनसेवा समाज हङकङद्वारा आर्थिक अवस्था कमजोर भएका पथरीशनिश्चरे–९ का सर्जहाङ सावा लिम्बुलाई आर्थिक सहयोग आएको छ । पथरी शनिश्चरे वडा नं. ९ को कार्यालयमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरी वडा नं ९ का वडाध्यक्ष भानुभक्त राईले सो रकम सर्जहाङलाई प्रदान गरेका थिए । कुशे
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.