पथरीशनिश्चरेमा वडाध्यक्ष सहित जनप्रतिनिधिहरु दिए राजीनामा
क्रेजी संवाददाता पथरी । आउन लागेको निर्वाचनका लागि वडाध्यक्ष सहितका जनप्रतिनिधिहरूले धमाधम राजीनामा दिन थालेका छन् । शुक्रबार मोरङ पथरीशनिश्चरे ८ का वडाध्यक्ष बाबुराम दाहालले पत्रकार भेटघाट गरी राजीनामा दिएको जानकारी दिए । दाहालले ५ वर्षको अवधिमा जनमुखी काम गरेको बताउदै अब आउने जनप्रतिनिधिलाई पनि सोही अनुसार अगाडी बढ्न सुझाव


