साउदी क्लबबाट मेस्सीलाई ५२ अर्ब ४१ करोडको लोभलाग्दो प्रस्ताव
अर्जेन्टिनी स्टार लियोनल मेस्सी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बीचको सम्बन्ध चिसिएको छ । परिस्थितिले अर्को मोड नलिए ३५ वर्षीय मेस्सी छिट्टै पीएसजीबाट बाहिरिने छन् । पीएसजी छाड्ने चर्चाले व्यापकता पाएलगत्तै मेस्सीमाथि विभिन्न ब्यवसायीक क्लबले आँखा गाड्न थालेका छन् । यसैक्रममा साउदी अरबियाले पनि मेस्सीमाथि आँखा लगाएको छ ।

