युभेन्ट्सको १३ औँ जित

इटालीयन सिरि ए मा युभेन्ट्सले आइतबार राति हेलास भेरोनालाई २–० ले पराजित गरेको छ । जारी लिगमा १३औं जित निकाल्ने क्रममा युभेन्ट्सको लागि डुसान भिलाहोभिक र डेनिस जाकारियाले १–१ गोल गरे । जितपछि युभेन्ट्स २४ खेलबाट ४५ अंकसहित चौथो स्थानमा छ । समान खेलबाट ३३ अंकसहित भेरोना नवौं स्थानमा छ

लिभरपुल पाँचौँ चरणमा, लेस्टर बाहिरियो

इंग्लिस क्लब लिभरपुल एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ । योसँगै लेस्टर सिटी बाहिरिएको छ । आइतबार भएको खेलमा कार्डिफ सिटीलाई ३–१ अन्तरले हराउँदै लिभरपुल पाँचौं चरणमा स्थान बनाएको हो । लिभरपुलको जितमा डिएगो जोटा, ताकुमी मिनामिनो र हार्भे इलिओटले १–१ गोल गरे । कार्डिफका रुबिन कोलविलले सान्त्वना

अफ्रिका कपको उपाधि सेनेगललाई

पेनाल्टी सुट आउटमा इजिप्टलाई पराजित गर्दै सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । आइतबार राति क्यामरुनमा भएको फाइनल खेलमा निर्धारित समय र अतिरिक्त समय गोलरहीत बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको थियो । मानेले निर्णायक पेनाल्टी प्रहार गर्दा सेनेगल ४–२ ले विजयी भयो ।

मेस्सीले लिगमा दोस्रो गोल गर्दा पीएसजीलाई १३ अंकको अग्रता

अर्जेन्टिनी स्टार लियोनल मेस्सीले लिग वानमा दोस्रो गोल गर्दा पेरिस सेन्ड जर्मेन (पीएसजी) ले १३ अंकको अग्रता बनाएको छ । आइतबार राति लिललाई ५–१ ले पराजित गर्दा मेस्सीले गोल गरेका थिए । पीएसजीको यो सिजनको १७ औं जित हो । पीएसजीको जितमा डानिलो परेइराले दुई गोल गरे । यस्तै प्रेस्नेल

वेस्ट इन्डिजविरुद्ध भारतको सहज जित

भारतले वेस्ट इन्डिजलाई एकदिवसीय क्रिकेट खेलमा ६ विकेटले पराजित गर्दै शृंखलामा अग्रता बनाएको छ ।​ अहमदाबादमा भएको पहिलो खेलको जितसँगै भारतको एक हजार एकदिवसीय खेल पूरा भएको छ । घरेलु भूमिमा भारतले वेस्ट इन्डिजसँग तीन खेल खेल्नेछ । १७७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले २८ ओभरमा ४ विकेट गुमाएर

बार्सिलोना र रियलको जित, एट्लेटिको पराजित

घरेलु मैदानमा एट्लेटिको मड्रिडविरुद्ध सहज जितसँगै क्याटलन क्लब बार्सिलोना स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिएको छ । आइतबार राति क्याम्प नोउमा भएको खेलमा १–० ले पछि परेको बार्सिलोनाले १० खेलाडीमा पुनरागमन गर्दै ४–२ को जित निकालेको हो । जितसँगै बार्सिलोना चौथो स्थानमा उक्लिएको छ भने एट्लेटिको पाँचौ स्थानमा झरेको छ

गोलकिपर किरण माल्दिभ्स फर्किए

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बु व्यावसायिक फुटबल खेल्न बिहीबार माल्दिभ्स गएका छन् । यसै सिजन माल्दिभ्सको माजिया स्पोर्ट्स एण्ड आरसीमा आवद्ध भएका किरण राष्ट्रिय टिमबाट मरिससविरुद्ध मैत्रीपूर्ण खेल खेल्न गत साता नेपाल आएका थिए । किरणको कप्तानीमा नेपालले दशरथ रंगशालामा भएको दुवै खेलमा अफ्रिकी देश मरिससलाई समान १–०

राकिटिकले पेनाल्टीमा गोल गर्न नसक्दा सेभिया बराबरीमा रोकियो

इभान राकिटिकले इन्जुरी टाइममा पेनाल्टीमा गोल गर्न नसक्दा सेभियाले स्पानिस ला लिगामा ओसासुनासंग गोलरहित बराबरी खेलेको छ । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसके पनि इन्जुरी टाइममा सेभियाले तीन अंक जोड्ने अवसर पाएको थियो । ओसासुनाका मानुएल सान्चेजेल जुल्स कोन्डेलाई फाउल गरेपछि भिएआरको सहयोगमा रेफ्रीले सेभियालाई पेनाल्टी प्रदान गरेका थिए

अफ्रिका कप अफ नेसन्समा आयोजक क्यामरुन तेस्रो

बुर्किना फासोलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आयोजक क्यमानरुन अफ्रिका कप अफ नेसन्समा तेस्रो भएको छ । शनिबार राति भएको खेलमा तीन गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै निर्धारित समयमा बराबरी खेलेको क्यामरुनले बुर्किना फासोलाई सुटआउटमा ५–३ ले पराजित गरेको हो । कप्तान भिनसेन्ट अबुबाकरले दोस्रो हाफमा मैदान प्रवेश गर्दै

अष्ट्रेलियालाई टी–२० विश्वकप जिताएका प्रशिक्षक ल्यांगरले दिए राजीनामा

अष्ट्रेलियाका पुरुष क्रिकेट टिमका प्रशिक्षक जस्टिन ल्यांगरले राजीनामा दिएका छन् । उनको सम्झौता आगामी जुनमा सकिँदै थियो र, क्रिकेट अष्ट्रेलियाले छोटो समय मात्र लम्ब्याउने प्रस्ताव गरेपछि उनले राजीनामा दिएको बीबीसीले जनाएको छ । २०१८ को बल टेम्परिङ प्रकरणपछि ल्यांगरले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनले पछिल्लो तीन महिना टी–२०
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.