साफ यू–१९ वुमेन्स च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दै

च्याम्पियन बन्ने लक्ष्यसहित बंगलादेश पुगेको नेपालले साफ यू–१९ महिला च्याम्पियनसिपको पहिलो खेलमा आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाल र बंगलादेशबीचको खेल नेपाली सयम अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ । साविक विजेतासमेत रहेको बंगलादेशविरुद्ध यस पटक बदला लिने लक्ष्यमा नेपाल रहेको

एसेस सिरिज :  इंग्ल्याण्डलाई ९ विकेटले हराउँदै अष्ट्रेलियाले लियो १–० को अग्रता

नाथन लियोनले टेष्ट क्रिकेटमा चार सयौँ विकेट पूरा गर्दै उत्कृष्ट बलिङ गरेपछि अष्ट्रेलियाले एसेस सिरिज अन्तर्गत पहिलो टेष्टमा इंग्ल्याण्डलाई ९ विकेटले सहजै पराजित गरेको छ । जितपछि अष्ट्रेलियाले पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । यस्तै आईसी वर्ल्ड टेष्ट च्याम्पियनसिपमा अष्ट्रेलियाले १२ अंक जोडेको छ । दोस्रो इनिङ्समा

च्याम्पियन्स लिग : यी हुन् नकआउट चरणमा खेल्ने टोली

इटालियन क्लब एटलान्टालाई ३–२ ले पराजित गर्दै स्पानिस क्लब भियारियाल युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । भियारियाल नकआउट चरणमा पुग्ने अन्तिम टोली हो । समूह एफ अन्तर्गत एटलान्टाको मैदानमा भएको खेलमा भियारियाललाई जिताउन अर्नानउट डानजुमाले २ तथा एटिने कापाउले १ गोल गरे । एटलान्टाका लागि डुभान

ए डिभिजन लिगमा मनाङको तीन खेल पोखरा रंगशालामा हुने

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले खेल्ने तीन खेल पोखरा रंगशालामा हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक लिग फुटबल काठमाडौं बाहिर खेलाउन लागेको हो । मनाङले पोखरालाई घरेलु मैदान बनाउने निर्णय गरेपछि नै एन्फाले यसवर्षको लिगका केही खेल पोखरा रंगशालामा खेलाउने तयारी

बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो

स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा बुधबार राति बायर्न म्युनिखसँग ३–० ले पराजित भएपछि पाँच पटकको विजेता बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो । अर्को खेलमा वेनफिकाले डिनामो किभलाई २–० ले पराजित गरेपछि बार्सिलोना समूह ई मा तेस्रो हुँदै बाहिरियो । बायर्नलाई

प्रथम राजु सोदेन स्मृति कपको हिसाव सार्वजनिक

क्रेजी संवाददाता केराबारी । मोरङको केराबारीमा सञ्चालन भएको प्रथम राजु सोदेन स्मृति कप २०७८ को हिसाव सार्वजानिक गरिएको छ । गत कार्तिक ८ देखि १५ गतेसम्म भएको प्रतियोगिताको विहिबार केराबारीको गुरास होटलमा आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता आयोजक खेल मूल आयोजक समितिले आम्दानी तथा खर्चको

लियोनल मेस्सीको रेकर्ड तोडे एम्बाप्पेले

क्लब ब्रग्सलाई हराउने क्रममा गोल गर्दै किलियान एम्बाप्पेले च्याम्पियन्स लिगमा लियोनेल मेस्सीको कीर्तिमान भंग गरेका छन् । योसँगै एम्बाप्पे च्याम्पियन्स लिगमा ३० गोल पुरा गर्ने पहिलो सबैभन्दा कान्छो खेलाडी बनेका हुन् । खेलको ७ मिनेटभित्र नै एम्बाप्पेले पेरिस सेन्ट जर्मेनलाई दुई गोलको अग्रता दिलाएका थिए । एम्बाप्पेको प्रतियोगितामा ३१ गोल

साफ यू १९ वुमन्स च्याम्पियनसीपका लागि नेपाली टोली घोषणा

काठमाडौं । यही डिसेम्बर ११ देखि २२ सम्म बंगलादेशको ढाकामा आयोजना हुने साफ यू–१९ वुमन्स च्याम्पियनसीपको लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले आइतबार २३ सदस्यीय टोली घोषणा गरेको एन्फाले जनाएको छ । जसमा सिनियर राष्ट्रिय टिमका ६ खेलाडी समावेश छन् । राष्ट्रिय टिमका अन्जना

पुरुष भलिबल : दोस्रो चरणमा १६ खेलाडी छनोट, ४ खेलाडी बाहिरिए

एभिसी सिनियर सेन्ट्रल जोन मेन्स भलिबल च्यालेन्ज कपको लागि दोस्रो चरणमा पुरुष टिममा १६ खेलाडी छनोट भएका छन् ।प्रतियोगिताका लागि नेपाल भलिबल संघले बन्द प्रशिक्षणमा सुरुमा २० खेलाडीलाई राखेको थियो । जसबाट १६ खेलाडी दोस्रो चरणमा छनोट भएको संघले जनाएको छ । प्रशिक्षणमा रहेका मध्ये दुर्गा महतो, विजय थापा, दिलबहादुर

लिगको पहिलो ह्याट्रिक मार्टिन्सको नाममा, सातदोबाटो शीर्ष स्थानमा

नाइजेरियन खेलाडी अजयी मार्टिन्सले शहीद स्मारक ए डिभिजन लिगमा यस सिजनको पहिलो ह्याट्रिक गरेपछि नवप्रवेशी सातदोबाटो युथ क्लबले शुक्रबार एपीएफ फुटबल क्लबलाई ४–१ ले पराजित गरेको छ । पहिलो पटक ए डिभिजन लिग खेलिरहेको सातदोबाटो शुक्रबारको शानदार जितपछि ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा समेत उक्लिएको छ । पहिलो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.