लखनउ र अहमदाबाद आईपीएलको नयाँ टिम

इन्डियन प्रिमियर लिग (आईपीएल) मा दुई नयाँ टिम थपिएका छन् । लखनउ र अहमदावाद दुई नयाँ टिमको रुपमा थपिएका छन् । अब सन् २०२२ मा आईपीएलमा कूल १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।  सोमबार भएको ६ घण्टा लामो बिडिङ प्रोसेसबाट आरपी सन्जय गोएन्का ग्रुप (आरपीएसजी) र सिभीसी ग्रुपले बिड जित्दै दुई

यू–२३ एसिया कप छनोटमा नेपाल इरानसँग पराजित

एएफसी यू–२३ एसिया कप छनोटको पहिलो खेलमै नेपाल इरानसँग ४–० ले पराजित भएको छ । समूह बी अन्तर्गत ताजिकिस्तानको दुसानबेमा भएको खेलमा नेपालले दोस्रो हाफमा कमजोर प्रदर्शन गर्दा चार गोल बेहोरेको थियो । रिपब्लिकन सेन्ट्रल रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको थियो । पहिलो हाफमा इरानले

नयाँ राष्ट्रिय कीर्तिमानसहित नासिर फिना विश्व च्याम्पियनसिपमा छनोट

नासिर याह्या हुसेन नयाँ राष्ट्रिय कीर्तिमानसहित आबुधावीमा आयोजना हुने १५ औं फिना विश्व च्याम्पियनसिप २०२१ का लागि छनोट भएका छन् । नेपाल पौडी संघले आइतबार सातदोबाटोस्थित २५ मिटरको पौडीपोखरीमा आयोजना गरेको छनोट प्रतियोगितामा नासिर २०० मिटर फ्रिस्टायलमा १ मिनेट, ५७.८५ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै ५९९ फिना अंकका साथ

लिभरपुलसँग म्यानचेष्टर युनाइटेडको लज्जास्पद हार

म्यानचेष्टर युनाइटेडले लिभरपुरसँग लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको भिडन्तमा लिभरपुलले मोहम्मद सलाहको ह्याट्रिकसँगै युनाइटेडमाथि ५–० को जित निकालेको हो । १० वर्ष एक दिनअघि म्यानचेष्टर सिटीसँग ६–१ को हार व्यहोरको थियो । त्यसयता युनाइटेडले व्यहोरेको यो नै लज्जास्पद हार हो । ओल्ड ट्राफर्डमा भएको खेलमा लिभरपुलले नेभी

टी–२० विश्वकपमा बंगलादेशमाथि श्रीलंकाको जित

टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले बंगलादेशमाथि ५ विकेटको जित हात पारेको छ । आइतबार युएईको शारजहामा बंगलादेशले दिएको १७२ रनको लक्ष्य श्रीलंकाले ७ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि चरित असलंकाले अविजित ८० रन बनाए भने भानुका राजापाक्षेले ५३ रन जोडे । ७९ रन जोड्दा ४ विकेट

इएल क्लासिकोमा रियल मड्रिड विजयी

सर्जिओ रामोस र लिओनल मेस्सी विना भएको इएल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ । स्पेनिस ला लिगामा आइतबार भएको खेलमा रियल मड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई २–१ गोल अन्तरले हराएको हो । नाउ क्याम्पमा भएको खेलमा रियलले ३२औं मिनेटमा अलाबाको गोलबाट अग्रता लिएको थियो भने इन्जुरी टाइममा लुकासले गोल गर्दै रियलको

टी–२० विश्वकपमा अष्ट्रेलियाको विजयी सुरुवात

अष्ट्रेलियाले आईसीसी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ । शनिबार भएको सुपर १२ को ग्रुप १ को खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गरेको हो । जितपछि अष्ट्रेलियाले २ अंक जोडेको छ । दक्षिण अफ्रिकाले दिएको ११९ रनको लक्ष्य अष्ट्रेलियाले १९.४ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो

नर्विचको पोष्टमा चेल्सीको ७ गोल, माउन्टको ह्याट्रिक

मासोन माउन्टको ह्याट्रिकको मद्दतले चेल्सीले प्रिमियर लिगमा शनिवार नर्विच सिटीलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा माउन्टले ह्याट्रिक पूरा गरे भने कलुम हडसन ओडोई, रिस जेम्स र बेन चिलवेलले एक–एक गोल गरे । नर्विचका म्याक्स आरोन्सले एक आत्मघाती गोल गरे ।६५औं मिनेटमा बेन गिब्सन

प्रिमियर लिगमा आर्सनलको सहज जित

प्रिमियर लिगमा आर्सनलले शुक्रबार राति भएको खेलमा एस्टन भिल्लालाई ३–१ ले पराजित गरेको हो । घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलका लागि थोमस पार्टे, पिएरे एमरिक औबामियाङ र इमिल स्मिथ रोवले गोल गरे । एस्टन भिल्लाका जाकोब रामसेले एक गोल फर्काए । खेलको २३ औं मिनेटमा थोमसले गोल गर्दै

टी–२० विश्वकप : श्रीलंका समूह विजेता

नेदरल्याण्ड्सलाई पराजित गर्दै श्रीलंका समूह विजेता बनेर आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ । पहिलो चरणअन्तर्गत समूह ए को अन्तिम खेलमा श्रीलंकाले शुक्रबार राति नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गरेको हो । श्रीलंका लगातार तेस्रो जित्दै समूह ए को विजेता बनेको हो । यस समूहबाट नामिबिया दुई
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.