म्यानचेष्टर युनाइटेडमाथि योङ ब्वाइजको पुनरागमन जित

यूईएफए च्याम्पियन्स लिग २०२१–२२ को सिजनको पहिलो खेलमै इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड पराजित भएको छ । समूह एफ अन्तर्गत मंगलबार राति भएको खेलमा युनाइटेडलले एक गोलको अग्रता लिएर पनि जोगाउन सकेन । आरोन बिसाकाले रातो कार्ड पाएपछि दश खेलाडीमा समेटिएको युनाइटेडमाथि स्वीस क्लब योङ ब्वाइजले २–१ को पुनरागमन जित हात

च्याम्पियन्स लिगको एकै खेलमा चार पेनाल्टी

यूईएफए च्याम्पियन्स लिग २०२१–२२ सिजन अन्तर्गत सेभिया र साल्जवर्गको एउटै खेलमा चार पेनाल्टी प्रहार भयो । समूह जी अन्तर्गत भएको उक्त खेलमा रेफ्रीले पहिलो हाफमै चार पेनाल्टी प्रदान गरेका थिए । १–१ को बराबरीमा सकिएको खेलमा साल्जवर्गले ३ र सेभियाले एक पेनाल्टीको अवसर पाएको थियो । पाहुना टोली साल्वगर्जले पहिलो

श्रीलंकाली क्रिकेटर मालिंगाले गरे सन्यासको घोषणा

श्रीलंकाली बलर लासिथ मालिंगाले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । श्रीलंकाको राष्ट्रिय टिमका पूर्वकप्तान मालिंगाले मंगलबार सामाजिक सञ्जालमार्फत सबैखाले क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । मालिंगाको कप्तानीमा श्रीलंकाले सन् २०१४ मा टी–२० विश्वकपको उपाधि जितेको थियो । ३८ वर्षीय मालिंगाले श्रीलंकाका लागि ३० टेस्ट, २२६ ओडीआई र ८४ टी–२० अन्तर्राष्ट्रिय

च्याम्पियन्स लिगमा चेल्सी र युभेन्ट्सको विजयी सुरुआत

इंग्लिस क्लब चेल्सी र इटालियन क्लब युभेन्ट्सले यूईएफए च्याम्पियन्स लिगमा विजयी सुरुआत गरेका छन् । समूह एचअन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सीले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गलाई १–० ले हरायो । यस्तै युभेन्ट्सले स्विडिस क्लब माल्मोलाई ३–० ले पराजित भए । चेल्सीलाई घरेलु मैदान स्टानफोर्ड ब्रिजमा जित जिलाउन रोमेलु लुकाकुले

ओमानलाई नेपालको १९७ रनको लक्ष्य, आसिफले जोडे ९० रन

  आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानलाई १९७ रनको लक्ष्य दिएको छ । मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाएर १९६ रन बनाएको हो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९० रन बनाए ।

सिंगापुरका जनक प्रकाशले काठमाडौंबाट ईपीएल खेल्ने

सिंगापुर राष्ट्रिय टिमका अलराउण्डर जनक प्रकाशले काठमाडौं किंग्स एघारबाट भएरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । काठमाडौंले आइतबार सामाजिक सञ्जालमार्फत जनकले आगामी असोजमा हुने चौथो संस्करणको इपीएल खेल्ने जनाएको हो । २१ वर्षीय जनक प्रकाश दायाँ हाते ब्याट्सम्यान र दायाँ हाते बलर हुन् । उनले अहिलेसम्म सिंगापुरका लागि १५

जोकोभिचलाई हराएर मेडभेडेभले जिते यूएस ओपनको उपाधि

विश्व नम्बर वान नोभाक जोकोभिचलाई पराजित गर्दै रुसका डानिल मेडभेडेभले यूएस ओपनको उपाधि जितेका छन् । आइतबार भएको फाइनलमा मेडभेडेभले जोकोभिचलाई सोझो सेटमा हराए । मेडभेडेभले जोकोभिचको क्यालेन्डर स्लाम जित्ने सपना टुंग्याइदिए । दोस्रो वरीयताका २५ वर्षीय मेडभेडेभले यसअघि दुई टक ग्रान्डस्लाम फाइनल खेले पनि पराजित भएका थिए । यसपटक

एट्लेटिको मड्रिड र भ्यालेन्सियाको तेस्रो जित

साविक विजेता एटणलेटिको मड्रिड र भ्यालेन्सियाले स्पानिस ला लिगामा सिजनको तेस्रो जित हात पारेका छन् । गएराती भएको खेलमा भ्यालेन्सियाले ओसासुनालाई ४–१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लेको छ । त्यसअघि एट्लेटिकोले स्पानयोलाई २–१ ले पराजित गरेको थियो । दुवै टिमले समान १० अंक जोडे पनि गोल अन्तरमा भ्यालेन्सिया अघि

लिभरपुलको सहज जित

लिभरपुलले प्रिमियर लिगमा लिड्स युनाइटेडलाई ३–० ले पराजित गरेको छ।आइतबार राति भएको खेलमा लिभरपुलले दश खेलाडीमा समेटिएको लिड्सलाई सहजै पराजित गरेको हो । जितपछि लिभरपुलले शीर्ष स्थानको म्यानचेष्ट युनाइटेड र दोस्रो स्थानको चेल्सी समान १० अंक जोडेको छ । एलान रोडमा भएको खेलको २०औं मिनेटमा माहृम्मद शालाहले गोल गर्दै लिभरपुललाई

बेन्जामाको ह्याट्रिकमा रियल म्याड्रिड विजयी

करिम बेन्जामाको ह्याट्रिकमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई ५–२ ले पराजित गरेको छ ।  घरेलु मैदान सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियलले सेल्टा भिगोमाथि पुनरागमन जितपछि रियल शीर्ष स्थानमा उक्लेको छ । खेलमा दुई पटक पछि परेको रियलले शानदानर पूनरागमन जित निकालेको हो । रियलको जितमा करिम
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.