युरोकपमा एक टिमले २६ खेलाडी राख्न पाउने युइएफएको निर्णय

आगामी जुन–जुलाईमा हुने युरोकप २०२० फुटबलमा सहभागी हरेक टिमले २६ खेलाडी राख्न पाउने भएका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएको एक्जुकेटिभ कमिटीले २३ बाट बढाएर २६ खेलाडी राख्न पाउने निर्णय गरेको हो । युइएफको राष्ट्रिय टिम कमिटीले अप्रिलमा लिएको यस निर्णयलाई युइएफए एक्जुकेटिभ कमिटीले स्वीकृत गरेको हो । महामारीले

पेनाल्टीमा चुक्दा काठमाडौंसँग बुटवल पराजित

बुटवल लुम्बिनी एफसीको अपराजित यात्रामा पूर्णविराम लगाउँदै काठमाडौं रेजर्स नेपाल सुपर लिगको तेस्रो स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलबार भएको खेलमा काठमाडौंले बुटवललाई १–० ले पराजित गरेको हो । यस जितपछि काठमाडौंले ४ खेलबाट विराटनगर सिटी एफसी र धनगढी एफसी समान ७ अंक जोडेको छ । तर गोल

म्यानचेष्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटी पहिलो पटक युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । रियाद महारेजको दुई गोल मद्दतमा सिटीले सेमिफाइनल दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–० ले पराजित गर्दै समग्रमा ४–१ को जित हात पारेको हो । पहिलो लेगमा सिटीले

सेभिया घरेलु मैदानमै विल्वाओसँग पराजित

स्पानिस ला लिगाको चौथो स्थानमा रहेको सेभिया एथ्लेटिक विल्वाओसँग १–० ले पराजित भएको छ । सोमबार राति घरेलु मैदानमै भएको खेलमा अन्ति मिनेटमा गोल व्यहोरेपछि सेभिया पराजित भयो । यस हारले सेभियाको उपाधि होड कमजोर बनेको छ । विल्वाओलाई ३ अंक दिलाउन खेलको ९०औं मिनेटमा यनाकी विलियम्सले निर्णायक गोल गरे

दुई खेलाडीलाई कोरोना संक्रमण भएपछि कोलकाता र बेंगलोरबीचको खेल स्थगित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत सोमबारका लागि तय भएको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल स्थगित भएको छ । कोलकाताका दुई खेलाडीमा कोरोना संक्रमण भएपछि अहमदावादमा सोमबार राति हुने भनिएको खेल स्थगित भएको क्रिकइन्फोले जनाएको छ । कोलकाताका स्पिनर वरुण चक्रवर्ती र फास्ट बलर सन्दीप वारियरलाई कोरोना संक्रमण

म्यानचेष्टर युनाइटेड र लिभरपुलबीचको खेल स्थगित

प्रिमियर लिग फुटबलअन्तर्गत दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड र छैटौं स्थानको लिभरपुलबीचको खेल स्थगित गरिएको छ । युनाइटेड र लिभरपुलबीचको आइतबार ओल्ड ट्राफोर्डमा हुने तय थियो । तर युनाइटेडका समर्थकहरु खेलअघि मैदान भित्र पसेर नाराबाजी गर्दै विरोध जनाएपछि खेल स्थगित गरिएको प्रिमियर लिगले जनाएको छ । ओल्डट्राफोर्डमा सुरक्षाको नियम तोडेपछि पुलिस,

विराटनगर एनएसएलको शीर्ष स्थानमा, चितवन अझै जितविहीन

नेपाल सुपर लिग (एनएसएल) मा सोमबार एफसी चितवनलाई २–० ले पराजित गर्दै विराटनगर सिटी एफसी शीर्ष स्थानमा पुगेको छ । लिगमा दोस्रो जितपछि धनगढी समान ७ अंक जोडेको विराटनगर हेड टु हेड र गोलअन्तर दुवैमा धनगढीलाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो । यस जितपछि विराटनगरले शीर्ष चारमा रहँदै प्लेअफ

शीर्ष चारमा पकड बनाउँदै चेल्सी

चेल्सीले प्रिमियर लिगमा फुलहमलाई २–० ले पराजित गर्दै शीर्ष चारमा पकड बनाएको छ । काई हाभार्टले दुई गोल गरेपछि चेल्सीले गएराति घरेलु मैदानमा सहज जित हात पारेको हो । खेलको १०औं मिनेटमै मासोन माउन्टको पासमा हाभार्टले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै ४९औं मिनेटमा टिमो वेर्नरको पासमा हाभार्टले व्यक्तिगत

एट्लेटिकोलाई पछ्याउँदै रियल मड्रिड

रियल मड्रिडले ओसासुनालाई २–० ले पराजित गर्दै स्पानिस ला लिगाको उपाधि होडमा आफ्नो दाबेदारी पनि पेश गरेको छ । यस जितपछि रियलले छिमेकी एट्लेटिको मड्रिडसँग अंक दूरी २ मा झारेको छ । गएराति भएको खेलमा रियलले अन्तिम १४ मिनेटमा दुई गोल गरेको थियो । घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा भएको

एट्लेटिकोलाई ५ अंकको अग्रता

स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले शनिबार रेलिगेसन जोनमा रहेको एल्चेलाई १–० ले पराजित गर्दै अंक दूरी बढाएको छ । यस जितपछि एट्लेटिकोले रियल मड्रिड र बार्सिलोनामाथि ५ अंकको अग्रता कायम गरेको छ । खेलको अन्तिम समयमा एल्चेले पेनाल्टीमा गोल गर्न नसकेपछि एट्लेटिकोले ३ अंक जोडेको हो ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.