रोनाल्डो म्यानचेस्टर फर्कने चर्चा
युुभेन्टस्का स्टार पोर्चुगिज विंगर क्रिष्ट्रियानो रोनाल्डो पेरिस सेन्ट जर्मेनमा आबद्ध हुने चर्चा चलेको धेरै भयो । फुटबलसम्बन्धी वेवसाइट टुट्टोस्पोर्टका अनुसार अहिले रोनाल्डोले युभेन्टस् छाड्ने विषयमा सोचिरहेका छन् । र, पिएसजीसँगै पूर्व क्लब म्यानचेस्टर युनाइटेड उनको आगामी गन्तव्य बन्नसक्छ ।च्याम्पियन्स लिगमा छनोट हुन युुभेन्टस् असफल भएमा रोनाल्डोले यस्तो निर्णय लिनसक्ने समाचारमा


