आर्सनल र लिभरपुलको सहज जीत
एभर्टनमाथि गोल वर्षा गर्दै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाएको छ । बुधबार राति आर्सनलले एभर्टनलाई ४–० गोलले हरायो । आर्सनलको जीतमा ग्याब्रिएल मार्टिनेलीले दुई तथा बुकायो साका र मार्टिन ओडेगार्डले एक–एक गोल गरे । जीतसँगै २५ खेलबाट आर्सनलको ६० अंक रहेको छ । दोस्रो स्थानमा रहेको


