रोनाल्डिन्होका छोरा बार्सिलोनामा अनुबन्ध

ब्राजिल तथा बार्सिलोनाकापूर्वस्टार खेलाडी रोनाल्डिन्होका छोरा जाओ मेन्डेस बार्सिलोनाको यू–१९ टोलीमा अनुबन्ध भएका छन् । क्याटलान क्लब बार्सिलोनाले मेन्डिसलाई अनुबन्ध गरेको जानकारी दिँदै उनी लामो समयदेखि बार्सिलोनाको ए टिमसँग प्रशिक्षण गरिरहेको बताइएको छ ।उनको सफल ट्रायलपछि बार्सिलोनाले अनुबन्ध गर्ने निर्णय गरेको हो । मेन्डिसले एक वर्षसम्मको सम्झौता गरेका छन् ।

कोपा डेल रेको पहिलो लेगमा बार्साले रियललाई हरायो

लगातार दुई खेलमा पराजयपछि पुनरागमन गर्दै बार्सिलोनाले कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई उसैको घरेलु मैदानमा हराएको छ । खेलको पहिलो हाफमा एडर मिलिटाओले गरेको आत्मघाती गोल नै खेलमा निर्णायक बन्यो । स्यान्टियागो बर्नेबेउमा घरेलु टोलीले खेलमा नियन्त्रण बनाउँदै गोलका थुप्रै अवसरहरू सिर्जना गरे पनि त्यसलाई सदुपयोग

लिग–२ : पीएनजीद्वारा नेपाललाई १८० रनको लक्ष्य

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले नेपालाई १८० रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १७९ रन बनायो । पीएनजीका लागि टोनी उराले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै हिरी

नेपालको कसिलो बलिङ

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले छैटौं विकेट लिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको नेपालले रन आउटको रूपमा छटौं विकेट लिएको हो । पीएनजीका काड सोपर ९ रन बनाएर आउट भए । उनलाई दिपेन्द्र सिंह ऐरीले आफ्नै बलमा रन आउट

दीपेन्द्रले दिलाए नेपाललाई पाँचौँ सफलता

आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले पाँचौँ विकेट लिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले पाँचौं विकेट लिएका हुन् । दीपेन्द्रले ३६ ओभरको अन्तिम बलमा गौडी टोकालाई १५ रनमा बोल्ड आउट गराएका हुन् । यसअघि नेपालले

नेपाललाई लगातार सफलता

आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले लगातार दुई ओभरमा विकेट लिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको नेपालका लागि सोमपाल कामीले २२ औं ओभरको पाँचौं बलमा तेस्रो विकेट लिँदा २३ औं ओभरको अन्तिम बलमा कुशल मल्लले विकेट लिए । सोमपालले २२

नेपाललाई दोस्रो सफलता

आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले टस हारेर पहिले बलिङ गरेको नेपालले रन आउटका रुपमा दोस्रो विकेट लिएको हो । पीएनजीका सेसे बाउ १८ औं ओभरको तेस्रो बलमा ३२ रन बनाएर रन आउट भए । यसअघि नेपालका

पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध सुरुवातमा बलिङ गर्ने भएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको हो । सिरिजमा एक जित र एक हार ब्यहोर्यको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा हुनेछ । नेपालले

नेपालले चौथो विकेट गुमायो

आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा लागि त्रिकोणात्मक एकदिवसीय यूएई टोलीविरुद्धको खेलमा चौथो विकेट गुमाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले चौथो विकेट गुमाएको छ। नेपालका आसिफ शेख नवौं ओभरको पाँचौं बलमा १७ रन बनाएर क्यच आउट भएका हुन् । उनलाई रोहन मुस्तफाले च्याच

लिग–२ : नेपालको खराब सुरुवात

आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा लागि त्रिकोणात्मक एकदिवसीय खेलमा घरेलु टोलीविरुद्ध नेपालले खराब सुरुवात गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले ७ आभेरको समाप्तिमा ३ विकेट गुमाएर ४५ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल ५ रन बनाएर आउट हुँदा ज्ञानेन्द्र मल्ल
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.